23Shares

पोखरा । “युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी फुटबल मैदानमा सुरु भएको खेलको पहिलो दिन एक वाकओभर तथा पाँच खेल सम्पन्न भए ।

प्रतियोगिताको उद्घाटन तथा पहिलो दिनको चौथो खेलमा माछापुच्छ्रे त्रीशक्ती युनाइटेडले मिलनटोल एफसीलाई २-१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो दिन कुल ६ खेल सम्पन्न भए ।

प्रतियोगिताको पहिलो खेलमा भुजुङ एफसिले आयोजक एट टु नाइनलाई ४-० गोल अन्तरले पाखा लगायो । दोस्रो खेलमा कमलपोखरीले मालेपाटनलाई ४-० गोलले हरायो । तेस्रो खेलमा ए सेभेन ब्रदर्सले कटपा एफसीलाई ५-१ गोल अन्तरले पाखा लगायो ।

पाचौ खेलमा एनवाईसी यएरपोर्टले वाकओभर पायो । कुमागाने एफसीले सहभागिता नजनाएपछी वाक ओभर पाएको हो । पहिलो दिनको अत्यन्तै प्रतिस्पर्धात्मक बनेको अन्तिम खेलमा पसगाउले रबै एफसिलाई टाइब्रेकरमा ३-२ गोलले हराउन सफल भयो । निर्धारित २०-२० मिनेटको खेल १-१ गोलको बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो ।

प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका वडा १३ का वडा अध्यक्ष किरण बरालले प्रतियोगितालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडा १३ मा एक मात्र माछापोखरी खेलमैदान रहेको र यसलाई संरक्षण गर्न स्थानीय युवा तथा क्लबहरु लागिपरेको बताउदै खेल प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गरे । एट टु नाइनका उपाध्यक्ष तथा प्रतियोगिताका व्यवस्थापक धनराज तामाङले फुटसल खेल्दै जमघट भएको समुहले फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected