२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

दशैको शुभकामना : मोरल भ्यालुको सन्देशसहित सतेचनामूलक काममा जोड़िन गभर्नर केसीको आग्रह

पोखरा भ्यूज

पोखरा, २९ असोज । महानपर्व बडा दशै भित्रीएसँगै पोखरास्थित लायन्सहरूले दशैको शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् ।लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल पोखरा एरियाका रिजन चेयरपर्सनहरूले सो क्षेत्रका लायन्सहरुलाई एकै स्थलमा जमघट गराएर दशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका हुन् ।

IMG_3357.jpeg

रिजन तीनका रिजन चेयरपर्सन भावना बसेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले दशैको शुभकामना दिदै आपसी भाईचारा वृद्धिका लागि चाडपर्वले महत्वपुर्ण भुमिका खेलेको भन्दै दशै र तिहारका मौलिकतालाई विर्सन नहुने कुरामा जोड दिए । गभर्नर केसीले चाडपर्वका बिशेष अवसरमा समाजमा मोरल भ्यालुको सन्देश सहित सचेतनामुलक सन्देश दिने प्रकारका क्रियाकलापमा सरिक हुन लायन्स लिडरहरूलाई आग्रह गरेका थिए ।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई का निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले सामाजिक सद्भाव कायम गर्न चाड पर्वले महत्वर्पुण भुमिका खेलेको उल्लेखगर्दै आफ्नो दक्ष र क्षमताका आधारमा चाड पर्वलाई मनाउनु पर्ने बताए ।

रिजन चारका रिजन चेयरपर्सन कल्पना गुरूङको संचालनमा भएको कार्यक्रममा लायन्स डिष्ट्रिक्टका डिष्ट्रिक्ट को–अर्डिनेटर हरिराज पन्त, रिजन चेयरपर्सनहरू क्रमशः पाँचका मणि डुम्रे, छ का रेश्मा शेरचन अधिकारी, सातका शोभा बानियाँ, आठका शुशील पौडेल, जोन ११ का जोन चेयरपर्सन रश्मी अधिकारी भण्डारी, लायन्सक्लब अफ पोखरा फरक अभियानका हरिहर पराजुली, लियो डिष्ट्रिक्ट प्रेसिडेन्ट राजन बाबु ढुङगाना लगायतले नेपाली माझ चाडपर्वको महत्व दर्शाउदै दशैको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…