
पोखरा भ्यूज
पोखरा । नेपाल औषधि व्यवसायी संघ कास्कीको अध्यक्षमा धिरज गौतम निर्वाचित भएका छन् । संघको ८ र ९ गते सम्पन्न दोस्रो अधिवेशनले गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नव निर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सन्तोष पराजुली, उपाध्यक्ष (थोक) सुमन तिवारी, उपाध्यक्ष (खुद्रा) अर्जुन कार्की, महासचिवमा अमृत थापा, कोषाध्यक्षमा बिक्रम राज पहारी, सचिवमा राम पौडेल र उप-कोषाध्यक्षमा शिर्षक शर्मा रहेका छन् ।
यसैगरी कार्यसमिति सदस्यमा क्रमशः गणेश बञ्जाडे, सुमन सापकोटा, सदस्य सीता सुवेदी, शोभाकर पाण्डे र कमला गौतम निर्वाचित भएका छन् ।











