२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

सिमा नाकामा भारतीय पर्यटकलाई दु:ख नदेऊ, नेपालगंज-पोखरा हवाई सेवा विस्तार गर

पोखरा भ्यूज
नेपालगंज, १ पुस । सिमावर्ती भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा पर्यटकले विभिन्न खाले झ्न्झट र हैरानी ब्यहोर्नु परेको सरकारी तथा निजी क्षेत्रबाट गुनासो गरिएको छ ।
होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्ड गण्डकीको संयुक्त आयोजनामा पश्चिम नेपालमा जारी जाउँ है पोखरा अभियानको तेश्रो दिन आइतबार बाँकेको नेपालगंजमा आयोजित कार्यक्रममा सरकारी तथा निजी क्षेत्रबाट त्यस्तो गुनासो सुनाइएको हो ।
नेपालगंज उप-महानगरपालिकाका कार्यवाहक प्रमुख कमरुद्दीन राईले नेपाल आउने क्रममा रुपेडिया नाकामा समेत सुरक्षा र भंसार चेकजाँचको क्रममा भारतीय पर्यटकलाई अनाबश्यक दु:ख दिने गरिएको बताए ।
नेपाली पक्षबाट पटक-पटक चेकजाँच गर्ने र आबश्यक भन्दा बढी चेकजाँच गर्दा पर्यटकले हैरानी ब्यहोर्नु परेको उनले सुनाए ।  एक सय भन्दा ठूलो दरका भारतीय नोट नेपालमा चलाउने कुटनीतिक पहल नगर्दा समेत भारतीय पर्यटकले कठिनाई भोग्नु परेको उपप्रमुख राईले बताए । नेपालीले थोरै मात्रामा घरायसी उपभोगमा सामग्री ल्याउँदा पनि नेपाली पक्षबाटै दु:ख दिने गरिएको राईले बताए ।
नेपालगंज उद्धोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी वलीले सिमा नाकामा भारतीय पर्यटकलाई विभिन्न बाहनामा आतंकित पार्ने गरिएको बताए । एक ठाउँमा पर्यटकको चेकजाँच गरेपछि पटक पटक त्यस्तो नगर्न उनले आग्रह गरे ।
आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालगंज-पोखरा हवाई उडानले पर्यटनमा सकारात्मक प्रभाव परेको बताउँदै यसलाई नियमित रुपमा संचालन गर्नु पर्ने सुझाव राखे । स्तरीय बससेवाबाट समेत दुई शहर जोडिनु पर्ने उनको भनाई थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल भारत सिमा नाकामा भारतीय पर्यटले भोग्नु परेको हैरानीबारे नेपाल सरकारलाई जानकारी गराइएको बताए । नेपालगंज र पोखराविचको हवाई सेवा विस्तार र स्तरीय बस सेवाको सुरुवातका लागि समेत उनले जोड दिए ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपाल बस्ने नेपालीको संख्या घट्दै गएको स्मरण गराउँदै सिमावर्ती भारतीय शहरमा नेपाली पर्यटनको प्रचारप्रशार गरिनुपर्ने सुझाव राखे
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ अधिकृत कुन्दन मिश्रले नेपाल पर्यटन बोर्डले पर्यटन प्रबर्द्धन कार्यमा जोड दिंदै आएको स्मरण गराए ।
होटल ब्यबसायी महासंघ लुम्बिनीका अध्यक्ष भाष्कर काफ्ले, पत्रकार झलक गैह्रे र नेपालगंजका बासिन्दा कृष्णप्रसाद श्रेष्ठले पनि कार्यक्रममा भनाई राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…