२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

अरुणोदय यूथ क्लबको रमाइलो बनभोज सहित धन्यवाद कार्यक्रम

पोखरा भ्यूज

पोखरा, ७ पुस । अरुणोदय युथ क्लबले बनभोज कार्यक्रमको आयोजना गरी सहयोगी संघसंस्थालाई धन्यवाद ज्ञापन गरेको छ । शनिवार पोखरा–७, घारीपाटनस्थित उक्त क्लबले पोखरा–१६, जोगी मुड़ा राहुल डाँडास्थित पधेरी पार्क रिसोर्टमा बनभोज कार्यक्रमको आयोजना हो ।

क्लबले कार्तिक २७ गते आयोजना गरेको बिजया दशमी, शुभदिपावली, नेपाल सम्बत् बिशेष शुभकामना आदान–प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम सहयोग पुर्रयाउने संघ संस्थाको सम्मान स्वरूप बनभोज सहित धन्यवाद कार्यक्रम आयोजना गरिएको क्लबका उपाध्यक्ष घनश्याम लामिछानेले बताए ।

क्लबका अध्यक्ष नरेन्द्र गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्य, निवर्तमान अध्यक्ष रामचन्द्र बराल, वडासदस्यहरू क्रमशः बसुन्धरा लामिछाने, अर्जुन थापा, बिष्णुहरि बराल, सुनिता सुनार, आमा समूह/ बा समूहका अध्यक्ष लगाएत विभिन्न सहयोगी संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि साथै क्लबका पूर्व अध्यक्ष, क्लब पदाधिकारी एवं सदस्य गरी करिव २ सय जनाको उपस्थिति रहेको क्लबका सचिव बिष्णु सुवेदीले जानकारी दिए ।            

रमाइलो बनभोजमा क्लबका अध्यक्ष नरेन्द्र गुरूङ, उपाध्यक्ष घनश्याम लामिछाने, सचिव विष्णु सुवेदीले क्लबले गरेका वार्षिक गतिबिधि बारे प्रकाश पार्दै प्रत्येक बर्ष क्लबले आयोजना गर्दै आएको यस कार्यक्रमलाई सब्य रभव्य रूपमा सफल बनाउन सबैको साथ र सहयोग प्रति धन्यवाद सहित आभार व्यक्त गरेका थिए ।

सूरज बराईलीको संचालनमा रहेको बनभोजको सांस्कृतिक मनोरन्जनात्क कृयाकलापहरुले कार्यक्रमलाई थप उत्साहित बनाएको थियो । सो अवसरमा घैटो फ़ुटाउने, म्यूज़िकल चेयर जस्ता विभिन्न मनोरंजनात्मक खेलहरू पनि आयोजना गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…