
पोखरा भ्यूज
१२ पुस, काठमाडौं । गत वर्षको माघे संक्रान्तिका दिन पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारणले भएको निष्कर्ष निकालिएको छ । बिहीबार विमान दुर्घटना जाँच आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा विमान दुर्घटना मानवीय कारणले भएको उल्लेख छ ।
२०७९ माघ १ गते, यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी नम्बरको विमान पोखरास्थित सेती खोंचमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनमा परी ७२ जनाले ज्यान गुमाएका थिए।
दुर्घटना जाँच आयोगका अनुसार सो दुर्घटनामा चालक दलको कमजोरी भएको थियो । उक्त दुर्घटना हालसम्मकै सबैभन्दा ठूलो दुर्घटना हो । विमानका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएपछि विमान दुर्घटना भएको जाँच आयोगको निष्कर्ष छ ।











