0Shares

पोखरा भ्यूज
१३ पुस, काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा कोरियाली भाषा परीक्षामा दिएका युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् ।

घाइतेमध्यै एकको पाटन अस्पतालमा र अर्का घाइते किष्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिएर कोरिया जान नपाएका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले सडक अवरुद्ध गरी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि अवस्था तनावपूर्ण भएको थियो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली चलाएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected