२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

अध्यक्षहरूको सक्रियतामा न्यानो कपड़ा र स्टेशनरी समान वितरण

पोखरा भ्यूज

पोखरा । क्लब अध्यक्षहरूको सक्रियतामा तनहुँको एक बिधालयमा अध्ययनरत विद्यार्थीका लागि न्यानो कपड़ा र स्टेशनरी सामग्री प्रदान गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका पोखरा क्षेत्रमा रहेका केही लायन्स क्लबका अध्यक्षहरूले आइतबार शुल्कागण्डकी–५ स्थित जनकल्याण मा बि का २० जना विधार्थिहरुलाइ न्यानो कपडा तथा स्टेसनरी सामाग्री वितरण गरेको कार्यक्रम संयोजक लायन्स क्लब अफ पोखरा स्टार ग्लोरीका अध्यक्ष संगीता पाण्डेले बताईन् ।

विधालय प्रधानाध्यापक दिपक बिश्वकर्माको अध्यक्षता शुल्कागण्डकी–५ का वडाध्यक्ष दिर्घबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सामग्री वितरण पश्चात बोल्दै प्रमुख अतिथि थापाले आफु पनि लायन्सको सदस्य रहेको बताउदै आवश्यकताको आधारमा यस बिधालय छनोट गरी सहयोग गरेर लायन्सको सदस्य हुनमा गौरवान्वित महशुष गरेको धारण व्यक्त गरे ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य सीता देवि तिमिल्सिना, शिक्षक अभिभावक संघका अध्यक्ष बिस्णुमाया पौडेल लगायतले लायन्सले गरेको सेवा प्रति खुलेर प्रसंशा गरेका थिए ।

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्यले संचालन गरेको कार्यक्रममा लायन्स क्लब पोखरा पिस टाउनका अध्यक्ष केसि माया नेपाली, पोखरा समर्पितका अध्यक्ष बिमला बसेल, पोखरा साधनाका अध्यक्ष सीता पौडेल, पोखरा अर्पणका अध्यक्ष उर्मिला बस्नेत, पोखरा पेङगुइनका अध्यक्ष दिपेश त्रिपाठी, पोखरा पिस प्याराडाइजका अध्यक्ष सुरेश न्यौपानेको उपस्थिति थियो । सो कार्यक्रम सम्पन्न गर्नका लागि पोखरा डल्फिनका अध्यक्ष रेवती भण्डारी, पोखरा पिस सिटीका अध्यक्ष युबराज खनाल, पोखरा न्यूभिजनका अध्यक्ष लक्ष्मण भुजेल लगायतको सहयोग रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…