87Shares

पोखरा भ्यूज

पोखरा, २३ पुस । लायन्स क्लब अफ पोखरा पिस टाउनले आफ्नो १०औं स्थापना दिवस मनाएको स्थापना दिवसका अवसरमा क्लबले मानवीय सामाजिक क्रियाकलापमा गरेको कार्यको समिक्षा समेत गरेको

क्लबका अध्यक्ष केसी माया नेपालीको अध्यक्षता डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट कोअर्डिनेटर एवं पिस टाउन क्लबका गाईडिङ लायन टंकराज अधिकारीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाईएको थियो कार्यक्रममा बोल्दै अधिकारीले क्लवहरुको भीडमा लायन्स क्लब अफ पोखरा पिस टाउनले उत्कृष्ट कार्य गरेको , आगामी दिनमा क्लबले सामजिक क्षेत्रमा रचनात्मक कार्य गर्ने नै समय समयमा गरेका रचनात्मक कामलाइ अघि बढाउँदै सामाजिका उत्तरदायित्व सहितका कार्यक्रमलाइ प्राथमिकता दिदै अघि बढ़न शुभकामना दिएका थिए क्लबले समाजमा उदाहरणीय कार्य गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै अधिकारीले भने, ‘क्लबलाई आगामी दिनमा सकारात्मक सोचका साथ नयाँ योजना भिजन सहित अगाडी बढ्न आजको दिनले थप प्रेरणा प्रदान गर्ने

जोन चेयरपर्सन रश्मी अधिकारी भण्डारीले क्लबले सामाजिक क्षेत्रमा गरेको सहयोग महत्वपूर्ण हुने भएकाले यस्ता सहयोग निरन्तर गर्न आग्रह गर्दै क्लबको उत्तरोत्तर प्रगति कामना गरेकी थिईन् ।

क्लबका संस्थापक अध्यक्ष नारायणी कोईरालाले क्लब स्थापना कालदेख़ि हालसम्मका उतारचढ़ाब बारे आफ्ना भनाई राख्दै क्लबले मानवीय सामाजिक क्षेत्रमा गरेको सहयोगले यो क्षेत्रकै विकास स्तरोन्नति हुने भएकाले यस्ता सहयोगका हातहरु बढाउनुपर्नेमा जोड दिएकी थिईन्

संस्थापक प्रथम उपाध्यक्ष एवं डिष्ट्रिक्ट काउन्सिलर सबिता बरालले सामाजिक सेबामा कृयाशिल बन्नका लागि पैसा मात्र नभएर मन भावना पनि हुनुपर्ने बताईन्

क्लबका पूर्वअध्यक्षहरू सिता कोईराला, सरला तिमिल्सिना, शोभा अधिकारी पौडेल, सिता तिमिल्सिनालगाएतले क्लबले गर्ने हरेक कार्यक्रमहरु सामाजिक रुपमा पछाडी परेका वर्ग समुदायको हितमा गर्दै आएको बताउदै क्लबलाई उत्कृष्ट बनाउनका लागि सबैको साथ सहयोग एकता हुन जरुरी रहेको बताए

निवर्तमान अध्यक्ष सिता तिमिल्सिनाको संचालनमा रहेको कार्यक्रममा प्रथम उपाध्यक्ष कान्ती पौडेल, द्वित्तिय उपाध्यक्ष आशा पहारी, स्वेता सुवेदीलगाएत क्लबका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो

87Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected