२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पिस टाउनले मनायो १०औं स्थापना दिवस

पोखरा भ्यूज

पोखरा, २३ पुस । लायन्स क्लब अफ पोखरा पिस टाउनले आफ्नो १०औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा क्लबले मानवीय र सामाजिक क्रियाकलापमा गरेको कार्यको समिक्षा समेत गरेको छ ।

क्लबका अध्यक्ष केसी माया नेपालीको अध्यक्षता डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटर एवं पिस टाउन क्लबका गाईडिङ लायन टंकराज अधिकारीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाईएको थियो । कार्यक्रममा बोल्दै अधिकारीले क्लवहरुको भीडमा लायन्स क्लब अफ पोखरा पिस टाउनले उत्कृष्ट कार्य गरेको छ, आगामी दिनमा क्लबले सामजिक क्षेत्रमा रचनात्मक कार्य गर्ने नै छ समय समयमा गरेका रचनात्मक कामलाइ अघि बढाउँदै सामाजिका उत्तरदायित्व सहितका कार्यक्रमलाइ प्राथमिकता दिदै अघि बढ़न शुभकामना दिएका थिए । क्लबले समाजमा उदाहरणीय कार्य गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै अधिकारीले भने, ‘क्लबलाई आगामी दिनमा सकारात्मक सोचका साथ नयाँ योजना र भिजन सहित अगाडी बढ्न आजको दिनले थप प्रेरणा प्रदान गर्ने छ ।’

जोन चेयरपर्सन रश्मी अधिकारी भण्डारीले क्लबले सामाजिक क्षेत्रमा गरेको सहयोग महत्वपूर्ण हुने भएकाले यस्ता सहयोग निरन्तर गर्न आग्रह गर्दै क्लबको उत्तरोत्तर प्रगति कामना गरेकी थिईन् ।

क्लबका संस्थापक अध्यक्ष नारायणी कोईरालाले क्लब स्थापना कालदेख़ि हालसम्मका उतारचढ़ाब बारे आफ्ना भनाई राख्दै क्लबले मानवीय र सामाजिक क्षेत्रमा गरेको सहयोगले यो क्षेत्रकै विकास र स्तरोन्नति हुने भएकाले यस्ता सहयोगका हातहरु बढाउनुपर्नेमा जोड दिएकी थिईन् ।

संस्थापक प्रथम उपाध्यक्ष एवं डिष्ट्रिक्ट काउन्सिलर सबिता बरालले सामाजिक सेबामा कृयाशिल बन्नका लागि पैसा मात्र नभएर मन र भावना पनि हुनुपर्ने बताईन् ।

क्लबका पूर्वअध्यक्षहरू सिता कोईराला, सरला तिमिल्सिना, शोभा अधिकारी पौडेल, सिता तिमिल्सिनालगाएतले क्लबले गर्ने हरेक कार्यक्रमहरु सामाजिक रुपमा पछाडी परेका वर्ग समुदायको हितमा गर्दै आएको बताउदै क्लबलाई उत्कृष्ट बनाउनका लागि सबैको साथ सहयोग र एकता हुन जरुरी रहेको बताए ।

निवर्तमान अध्यक्ष सिता तिमिल्सिनाको संचालनमा रहेको कार्यक्रममा प्रथम उपाध्यक्ष कान्ती पौडेल, द्वित्तिय उपाध्यक्ष आशा पहारी, स्वेता सुवेदीलगाएत क्लबका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…