44Shares

पोखरा भ्यूज
पोखरा, २४ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको ब्यबस्था अबस्था परिबर्तन गर्न आबश्यक भएको बताएका छन् राप्रपा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा आएका थापाले पत्रकार भेटघाटमा अहिलेको प्रणालीले मुलुकको हित रक्षा हुन नसक्ने भन्दै  यस्को विकल्प हिन्दुराष्ट्र र संबैधानिक राजसंस्था आवश्यक भएको बताएका हुन् उनले अहिले संघिय लोकतान्त्रिक गणतन्त्र अहिलेको निर्वाचन प्रणालीवाट मुलुकले स्थिरता संमृद्धि प्राप्त गर्न नसक्ने भन्दै मुलुकको ब्यवस्था अबस्था परिबर्तन गर्न आबश्यक रहेको कुरामा जोड दिएका थिए

थापाले सबै राष्ट्रबादी, देशभक्त प्रजातन्त्रबादी शक्तिहरुबिच बृहत् एकता मोर्चा निर्माण गरि यो व्यवस्था भ्रष्ट, तस्कर सिण्डकेट तन्त्रमा परिणत भएकोले आन्दोलनको अपरिहार्य भएको बताए । उनले यस व्यवस्थाको ठाँउमा राजतन्त्र सहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी, दुई तहको संघियता सहितको व्यवस्था लागु गर्नुपर्ने वताए यस्का लागि दलहरुका विचमा साझासहमती भयो भने संविधान संसोधनवाट गर्न सकिने पनि वताए
थापाले मुलुकमा यस व्यवस्थालाई विस्थापित गरी राजा सहितको सनातन हिन्दु राष्ट्र कायम गर्न देशमा क्रियासिल राष्ट्रवादी शक्ति, देशभक्त प्रजातान्त्रिक, हिन्दुवादी राजावादीहरुको बृहत राष्ट्रिय मोर्चाको गठन हुन लागेको पनि वताए
राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख राजनितीक दलहरुले संविधानको मर्म भावनाको उपहास गर्दै निर्वाचन हारेका, पटक पटक अवसर पाएकाहरुलाई उमेद्धवार वनाएको थापाले आरोप लगाए सिमान्तकृत, अल्पसंख्यक तथा विषय विज्ञहरुलाई पठाउनुपर्ने राष्ट्रिय सभामा निर्वाचन हारेका, पटक पटक अवसर पाएकाहरुलाई उमेद्धवार वनाएर ति क्षेत्रका मानिसहरुलाई उपेक्षा गर्नु आपत्तिजनक रहेको थापाले वताए । ठूला दलका यस्तै क्रियाकलापले गर्दा संघिय लोकतान्त्रिक ब्यवस्था कमजोर भएको थापाको भनाई थियो 

भर्खरै मात्र भारतिय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणको वेलामा नेपालले प्रत्येक वर्ष भारतलाई १० हजार मेघावाट विजुली वेच्ने सम्झौता नेपालको हितमा रहेको भन्दै थापाले यसले नेपाल भारतका विच रहेको व्यापार घाटा घटाउन सहयोग पुग्ने वताए साथसाथै नेपालको जलश्रोतमा कुनै एक राष्ट्रको मात्रै एकाधिकार रहने कुरा जोखिम हुन सक्ने थापाले वताए भारतिय विदेशमन्त्रीको भ्रमणका अवसरमा भारतिय दूतावासमार्फत नेपालका विकास आयोजनाहरुमा सिधै २० करोड खर्च गर्न पाउने कुरा आपत्तिजनक रहेको भन्दै यसले समानान्तर सरकारको झल्को दिने भन्दै यसलाई खारेज गर्न थापाले माग गरे भ्रमणका वेला संयुक्त आयोगको वैठकमा ईपिजीको प्रतिवेदन, सन् १९५० को सन्धी पुनरावलोकन तथा सिमा विवाद जस्ता विषयले प्रवेश नपाउनु सरकारको निरिहता भएको थापाले वताए पत्रकारहरुले सोधेका जिज्ञासाहरुको जवाफ दिनेक्रममा थापाले हिन्दुवादीहरुलाई चुनाव जित्न नदिने गरी पैसाको भरमा प्रत्येक निर्वाचन क्षेत्रमा हिन्दु धर्मविरोधीहरुको जमात जवरजस्त खडा गरिएको समेत वताएका थिए

44Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected