२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खेलकुद

आहा रारा पोखरा गोल्डकप सुरू, उद्घाटन खेलमा आयोजक सहारा क्लब थ्रि स्टारसँग पराजित

पोखरा भ्यूज

पोखरा । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप पोखरामा सुरु भएको छ । मंगलबार सम्पन्न उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा थ्रि स्टार क्लब संग २–१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । जित संगै थ्रिस्टार क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

थ्री स्टारको जितमा टिम कप्तान योगेश गुरुङ र एञ्जल महर्जनले समान १–१ गोल गरे । यता सहाराका लगि आशिष गुरुङले १ गोल फर्काएका थिए । खेलको पाँचौं मिनेटमा योगेशले थ्री स्टारका लागि गोल गर्दै अग्रता लिए पनि २३ औं मिनेटमा सहाराका आशिष गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलको दोश्रो हाफको ५९ औं मिनेटमा थ्री स्टारका एन्जल गुरुङले दोश्रो तथा जितका लागि निर्णायक गोल गर्दै टिमलाई अन्तिम आठमा स्थान सुरक्षित गरे । खेलमा थ्री स्टारका कप्तान योगेश गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् । क्वार्टर फाइनलमा थ्री स्टारले भुटानको पारो एफसीसँग खेल्ने छ ।

भोलि राइजिङ स्टार एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले आहा रारा गोल्डकपले पोखराको फुटबल विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोले नै महानगरले यसको संरक्षकत्व ग्रहण गरेको बताए । निरन्तर जस्तौ सुकै परिस्थितीमा समेत आयोजना भइरहेको प्रतियोगितामा विदेशी क्लबहरु ल्याउन आगामी दिनमा पोखरा महानगरले पहल गर्ने बताए ।

सो अबसरमा राष्ट्रिय फुटबल खेलाडी आयुष घलानलाई नगद सहित सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रम सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको थियो । सो अवसरमा मुख्य प्रायोजक संस्थाका तर्फबाट हिमश्री फुड्सका अध्यक्ष प्रकाश केसी, क्लबका उपाध्यक्ष पूर्ण गुरुङ, महासचिब रामजी प्रसाद अधिकारीले समेत आफ्ना भनाई राखेका थिए ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…