२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
अर्थ र वाणिज्य

राष्ट्रिय वाणिज्य बैकको ५९औं वार्षिकोत्सवमा ग्राहक सम्मान

पोखरा भ्यूज

पोखरा । राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय पोखराले ५९औं वार्षिकोत्सव अवसरमा आफ्ना ग्राहकहरुलाई सम्मान गरेको छ । प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेको पोखरास्थित प्रादेशिक कार्यालयको नवनिर्मित भवन परिसरमा आयोजित एक समारोहका बीच बैकका ग्राहकलाई सम्मान गरेका हुन् ।

बार्षिकोत्सव एवं सम्मान समारोहमा बोल्दै प्रमुख अतिथि मन्त्री आलेले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैकको भूमिका सकारात्मक रहने बताए । बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुपर्ने बताए । उनले बैकले आगामी दिनमा नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने बताएका थिए ।

राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय पोखराका उप–प्रबन्धक बिदुर भूषण क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, लेखनाथ उधोग वाणिज्य संघका द्वितीय उपाध्यक्ष बिक्रम कर्माचार्य, पोखरा स्थित मोनिका सप्लायर्सका संचालक मोहनबाबु खड़काले निजी क्षेत्रका बैकको तुलनामा सरकारी स्वामित्वमा रहेका बैकले सहुलियत दरमा कारोबार गर्नुपर्ने बताउदै  बैकको व्यावसायिक कुसलतासहित उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।

बैंकका प्रादेशिक कार्यालयका उप–प्रबन्धक बिदुर भूषण क्षेत्रीले बैंकको वर्तमान स्थिति र समग्र योजनाका बारेमा आफ्नो भनाई राखेका थिए । कार्यक्रममा बैंकमा क्रियाशिल ट्रेड युनियनका अध्यक्षहरुले पनि शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ ।

विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रू ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रू १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैंकको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ । बैंकको पुँजी कोष रू ५० अर्ब ७४ करोड रहेको छ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…