२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
स्वास्थ्य

जैमिनीमा सञ्चालित स्वास्थ्य शिविरमा ३२० जना लाभान्वित

पोखरा भ्यूज

बाग्लुङ । बागलुङ जैमिनीकी चमेली सुनार (नाम परिवर्तित) लाई एउटा मिर्गौला फेल भएको थाहा छ । तर उनले उपचार गर्न सकेकी छैनन् । कमजोर आर्थिक अवस्थाका कारण गाउँमै छिन् ।
३३ वर्षीया उनको चार वटा सन्तान छ । रोगले गल्दै गएकी सुनार अहिले निकै खुशी छिन् । पोखराको चरक मेमोरियल हस्पिटलले अब उनको उपचार प्रक्रिया अघि बढाउनेछ ।
नेपाल रेक्रडक्रस सोसाइटी, दमेक उपशाखा बागलुङले गाउँमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा उनी पनि पुगेकी थिइन् । ५ जना चिकित्सकसहित २१ जनाको चरकको टोलीमाझ उनले आफ्नो व्यथा पोखिन् । चरकका प्रबन्ध निर्देशक कपिल पोखरेलले शिविरमै उनको स्वास्थ्यजाँचपछि अब आगामी उपचार पोखरामै हुने बचन दिए ।
जैमिनी २ अवस्थित दमेक स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा ३२० जनाले भिडियो एक्सरेसहितको सुविधा लिए । आयोजक संस्थाका सभापति होमनाथ सापकोटाका अनुसार साविक दमेकका वडा नं. २ र ३ बासिन्दा लाभान्वित भएका छन् ।
परीक्षणका क्रममा एक जनाको भीआईए पोजिटिभ देखिएको, ३ जनामा १२ एमएमसम्मको पत्थरी मिर्गौलामा देखिएको, ६ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, ४ वर्षका बालकको आँखाको शल्यक्रिया गर्नुपर्ने भेटिएको छ । उनीहरुको उपचारका लागि पनि चरकले सक्दो सघाउने भएको छ । शिविरमा परीक्षणपछि मात्रै उनीहरु धेरैले आफ्नो रोगबारे पहिलोपटक थाहा पाएका थिए ।
विशेषज्ञसहितको पहिलो पटक सेवा दिएकाले शिविर फलदायी बनेको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुखसमेत रहेका सापकोटाले बताए ।
शिविरमा प्रजनन स्वास्थ्य समस्या सम्बन्धी, भीआइए परीक्षण, पाठेघरको भिडियो एक्सरे, पाठेघर तथा स्तन क्यान्सर सहित स्त्री रोग सेवा, बालरोग सेवा, जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो ।
चरक हस्पिटलका चिकित्सकहरु डा. शरद चन्द्र बराल (कन्सल्टेन्ट फिजिसियन), डा. ओम कुमार श्रेष्ठ (रेडियोलोजिस्ट), डा. विष्णु पालिखे (स्त्रीरोग विशेषज्ञ), डा. किरण शर्मा (बालरोग विशेषज्ञ), डा. सन्देश प्रकाश पराजुली (मेडिकल अफिसर) लगायत सहभागी थिए । चरकले यसअघि गोरखा, म्याग्दी लगायतका स्थानमा पनि पूर्ण सेवा सहितको प्राविधिक सहयोग गरिसकेको छ ।
प्रबन्ध निर्देशक पोखरेलले ग्रामीण भेगहरुमा स्वास्थ्य सेवाको पहुँच अझै राम्ररी नपुग्दा गाउँबासीहरु रोग लागेको थाहै नपाई ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै समयमै रोगको निदान गरी उपचार गराउने हेतु गाउँ गाउँमा हुने यस्ता शिविरमा सहयोग गर्दै आएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको समन्वय, जैमिनी नगरपालिकाको सहयोगमा कार्यक्रम भएको थियो । जिल्ला समन्वय समिति बाग्लुङका प्रमुख अमर थापाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुन, सभापति एवं जिल्ला समन्वय समिति उपप्रमुख होमनाथ सापकोटा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, कार्यपालिका सदस्य भगवति सापकोटा, अहेव हेम केसी लगायतले बोलेका थिए ।
रेडक्रस दमेक उपशाखाले अघिल्लो वर्ष आँखा शिविर गर्दा पाँच सय बढी लाभान्वित भएका थिए ।

Read more

पोखराबाट सुरु भएको युआरएल अब ‘ग्रुप’मा रूपान्तरण

२१ शाखासहित सेवा विस्तार, नयाँ नेतृत्व चयन पोखरा । पोखरा न्युरोडमा १३ वर्षअघि स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) अब ‘युआरएल ग्रुप’मा रूपान्तरण भएको छ। शुक्रबार सम्पन्न विशेष…

“ऐन–नियमअनुसार जिम्मेवारी पूरा गर्दै अस्पतालको श्रीवृद्धिमा नेतृत्व दिनुहोस्”-स्वास्थ्य मन्त्री पाठक

गण्डकीका १६ प्रदेश अस्पतालका नवगठित व्यवस्थापन समितिसँग अन्तरक्रिया पोखरा, फागुन ११ — गण्डकी प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश को आयोजनामा मन्त्रालय मातहतका २ आयुर्वेद अस्पतालसहित कुल…

महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ फिनिक्सद्वारा आयोजित “महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम (भाग–३)” गत पौष २७ गते आइतबार ललितपुरको नख्खुपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा सम्पन्न भएको…

पोखरामा दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर, ५ सय ५५ जनाको स्वास्थ्य जाँच

पोखरा, ५ पुस। गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर सम्पन्न…

स्थापनाको १३ वर्षमै चरक हस्पिटल प्रदेशकै भरोसायोग्य स्वास्थ्य सेवा केन्द्र बन्दै

पोखरा, २२ मंसिर। पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवा यात्राको १३ वर्ष पूरा गर्दै विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले शनिबार रक्तदान…

 पोखरा ग्लोरीद्वारा स्याङ्गजामा बृहत् आँखा शिविर, २५० भन्दा बढी लाभान्वित

स्याङ्गजा। स्याङ्गजा, पुतलिबजार–१४, लामागेस्थित श्री श्रवण माध्यमिक विद्यालयको प्रांगणमा लायन्स क्लब अफ पोखरा ग्लोरीद्वारा एकदिने बृहत् आँखा शिविर सम्पन्न भएको छ। शिविरमार्फत २५० भन्दा बढी स्थानीयवासीले आँखा स्वास्थ्य…