२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

अर्मलाकोट पर्वतीय खुल्ला दौडमा गोरखाका सुरज प्रथम

पोखरा । अर्मलाकोट पर्वतीय खुल्ला १२ कि.मी दौड प्रतियोगिता सम्पन्न भएको छ । दौड प्रतियोगितामा गोरखाका सुरज गुरुङले ५० मिनेट ४४ सेकेन्डमा दुरी पार गरि प्रथम हुन सफल भएका छन् । त्यसैगरि बैतडीका मोहनदेव जोशीले ५४ मिनेट ५१ सेकेन्डमा पार गरि द्दितिय र ओखलढुंगाका प्रिथी राईले ५६ मिनेट २७ सेकेन्डमा पार गरि तृत्तिय हुन सफल भए भने पर्वतका अनिल खड्काले सान्त्वना प्राप्त गरे । उनीहरूलाई क्रमश २० हजार, १५ हजार, १० हजार, र ५ हजार नगद, मेडल र प्रमाणपत्र बाट सम्मान गरिएको छ ।

त्यसैगरि सोही दौडमा महिला तर्फ हुमी बुढामगर प्युठानले १ घण्टा ९. ४८ मिनेटमा पार गरि प्रथम,सिन्धुपाल्चोकका नितु तामाङले १ घण्टा १०.१३ मिनेट, कास्की धम्पुसका बिनिता बिकले १ घण्टा २७.१३ मिनेटमा पार गरि तृत्तिय र पिएन क्याम्पसमा अध्यनरत स्याङ्जा ओरष्टेका समिक्षा पोखरेलले १ घण्टा २७ मिनेट ५६ सेकेन्डमा पार गरि सान्त्वना प्राप्त गरेका छन ।
बिजेता धावकलाई क्रमश: नगद १० हजार, ८ हजार ५ हजार र ३ हजार नगद, मेडल र प्रमाणपत्र बाट सम्मान गरिएको थियो ।

वडा नम्बर १६ भित्रका धावकहरुको प्रतिष्पर्धामा भने दिपका भरत नेपालीले १ घण्टा ६ मिनेट २७ सेकेन्डमा पार गरि प्रथम, बाटुलेचौरका बिक्रम खड्काले १ घण्टा ६ मिनेटमा पार गरि द्दित्तिय र जुम्लेटीका दिपेन्द्र कार्कीले १ घण्टा ८ मिनेट ४४ सेकेन्रडमा पार गरि तृत्तिय र दिपका निर्मल कार्कीले १ घण्टा १२ मिनेट पार गरि सान्त्वना प्राप्त गरेका छन ।

बिजेताहरुलाई क्रमश: ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद, मेडल र प्रमाणपत्र बाट सम्मान गरिएको थियो । यस ऐतिहासिक दौड प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा अर्मलाकोट पर्वतिय दौड प्रतियोगिता मुल समितीका संयोजक जुम प्रसाद गुरुङले अर्मला समाज युके लगायत ब्यक्ति, संघ, संस्था, आमा समुह, युवा क्लब स्थानिय सबैमा आभार प्रकट गरेका छन् ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…