1Shares

पोखरा भ्यूज
पोखरा । नेपाल भुतपुर्व खेलाडी मञ्चलाई च्यारिटी रकम हस्तान्तरण गरिएको छ । मञ्चको कार्यालय पोखरामा बुधबार पोखरा म्याराथनका लागि रकम हस्तान्तरण तथा छुट्टाछुट्टै प्रायोजन सम्झौता सम्पन्न भएको छ ।
तमु धि युके, डायमण्ड बुद्धिष्ट सेन्टर युकेले च्यारिटी रकम हस्तान्तरण गरेका हुन भने ब्रिटिश ग्रामर स्कुल पोखरा र टुडेज मिनरल वाटरबिच प्रायोजनको सम्झौता भएको हो । सहयोग अन्तरर्गत च्यारिटी रनबाट  तमु धि युकेले तीन लाख रुपैयाँ प्रदान गरेको छ ।
यस्तै बुद्धिष्ट सेन्टरले भने एक लाख ३५ हजार दुई सय २४ रुपैयाँ प्रदान गरेको हो ।
रकम हस्तान्तरणपश्चात बोल्दै तमुधीं युके आमा समुहकी निवर्तमान महासचिव यशोदा गुरुङले आफुहरुले लन्डनमा समेत च्यारिटी रन गर्दै आइरहेको सुनाइन् । विशेषगरी क्यान्सर पिडितका उपचारका लागि च्यारिटी गर्दै आइरहे उक्त संस्थाले पोखरा म्याराथनमा समेत च्यारिटी रन गर्दै आइरहेको छ ।
क्यान्सर पिडित मञ्जु गुरुङ राइले पोखरा म्याराथनमा आफुहरुले सहकार्यको प्रयासलाई जारी राखिरहेको सुनाइन् । युके संयोजक समेत रहेकी उनले क्यान्सरपछिको जिवन समेत सम्भव छ भन्ने सन्देश दिदैँ च्यारिटी रन गर्दै आइरहेको बताइन् ।
यस्तै ब्रिटिस ग्रामर स्कुलका कार्यकारी निर्देशक महेन्द्र कडेँल, टुडेज मिनरल वाटरका प्रवन्ध निर्देशक कुशल किरण श्रेष्ठ र मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले  छुट्टाछुट्टै सम्झौता गरे । ब्रिटिस ग्रामर स्कुलले आगामी तीन वर्षका लागि तीन लाख रुपैयाँ प्रदान गरेको छ । सम्झौता पश्चात बोल्दै कार्यकारी निर्देशक कडेँलले पोखरा म्याराथनसँग जोडिन पाउँदा खुसी लागेको बताए  । उनले पोखरा पर्यटन र खेलकुद सँगै शिक्षाको समेत हब बनाउन सकिने भएकाले संस्थाले पोखरामा नयाँ शैक्षिक संस्थाको सुरुवात गरेको सुनाए । उनका अनुसार पोखरा म्याराथनमा ब्रिटिस ग्रामर स्कुलले शिक्षा मार्फत सामाजिक उत्तरदायित्वलाई बहन गर्नेछ ।
यस्तै टुडेज मिनरल वाटरले भने आगामी पाँच वर्षका लागि अफिसियल पिउने पानीको सौजन्य गर्नेछ । धावकहरुलाई शुद्ध पानी पिलाउने उद्धेश्यले पोखरा म्याराथनसँग जोडिएको प्रवन्ध निर्देशक कुशल किरण श्रेष्ठले बताए । उनले खेलाडीहरु दौडदै गर्दा डिहाइड्रेसनको सिकार हुने र त्यसका लागि पानी अत्यावश्यक रहेकाले पानी प्रायोजन गरेको उनको भनाइ छ ।
डायमण्ड बुद्धिष्ट सेन्टरका अध्यक्ष योगेश गुरुङले आफ्नो भागबाट थोरै निकालेर अरुलाई बाड्नु धर्म रहेको बताए । उनले पोखरा म्याराथनलाई सफला बनाउन धेरै सहयोगि मनहरुको सहयोग रहेको सुनाए । आफुलाई बुबा आमाले सहयोग गर्नु पर्छ भन्ने भावनाको विकास गराएको र सोही अनुसार सहयोग गरेको उनको भनाई थियो ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथनका कारण संस्थासँग धेरै सहयोगी हातहरुको साथ मिलेको बताए । म्याराथनलाई सफल बनाउन सबै भूमिका उत्तिकै रहेकाले आगामी दिनमा समेत साथ र सहयोग गर्न अनुरोध गरे । उनले पोखरा म्याराथनलाई विश्वकै उत्कृष्ट म्याराथन बनाउन यसरीनै सहयोगहरुको खाचो रहेको समेत बताए । साथै म्याराथनलाई हरेक वर्ष थप व्यवस्थित र प्रतिष्ठित बनाउँदै लैजाने काम भइरहेको समेत बताए ।
मञ्चको आयोजनामा फागुन ५ गते शनिबार पोखरामा १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना हुँदैछ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected