२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

एसएलसी व्याची समूहको भेला, बनभोज एवं सम्मान कार्यक्रमको तयारी तीव्र

पोखरा भ्यूज

पोखरा । माछापुच्छ्रे मावि ढिकुरपोखरी, एसएलसी व्याची समूह–२०४७ ले फागुन १९ गते आयोजना गर्न गईरहेको बृहत् भेला, बनभोज सहित शिक्षक सम्मान कार्यक्रमलाई तीव्र रूपमा अगाडी बढ़ाएको छ ।

स्कुले जिवनको अन्तिम बर्ष एकै कक्षामा अध्ययन गरेका साथीहरू बिचको एकता अझ मझबुत र प्रगाढ बनाउने उद्धेश्यले आयोजना गरेको बृहत् भेला सहित बनभोज कार्यक्रमलाई तीव्रता दिईएको समूहका सदस्य एवं पूर्व बिधार्थी गोविन्द पौडेलले जानकारी दिए ।

गत कार्तिक २६ गते एसएलसी व्याची समूह–२०४७ को पहिलो प्रारम्भिक भेलाले यहि फागुन १९ गते बृहत् भेला, बनभोज सहित सम्मान कार्यक्रम गर्ने तय गरेको थियो ।

समूहले अन्नपूर्ण गाउँपालिका–३, लार्केस्थित पिक्निक स्थलमा बृहत् भेला, वनभोज सहित शिक्षक सम्मान कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रममा तत्कालिन समयमा कक्षा १० मा अध्यापन गराउनु हुने शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रम तय भएको समूहका सदस्य एवं पूर्व बिधार्थी नारायण बहादुर कुँवरले जानकारी दिए । उक्त बनभोज कार्यक्रम मार्फत साथीहरू विचको एकता र आत्मीयता अभिबृद्धिमा टेवा पुग्ने विश्वास लिईएको कुँवरले बताए ।

बृहत् भेला, सम्मान सहित बनभोज कार्यक्रम सम्पन्न गर्न पूर्व बिधार्थी टंकराज अधिकारी संयोजक रहेको विभिन्न ११ सदस्यीय कार्यसम्पादन समिति गठन गरी तयारीलाई तिव्रता दिईएको समूहका अर्का सदस्य सरस्वती भण्डारी अधिकारीले जानकारी दिईन् ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…