२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

केन्द्रिय राष्ट्रपति कप बैशाखको पहिलो साता, गण्डकी प्रदेशको तयारी सुरु

पोखरा भ्यूज
पोखरा । नेपाली खेलाडी उत्पादनको मुख्य प्रतियोगिताको मध्येको एक केन्द्रिय राष्ट्रपति कप बैशाखको पहिलो साता हुने भए पनि यता गण्डकी प्रदेशले भने आफ्नो तयारी सुरु गरेको छ ।
केन्द्रिय राष्ट्रपति कप रनिङ शिल्डफागुनको अन्तिम साता गर्ने यस अघि राष्ट्रिय खेलकुद परिषदले जनाएको थियो । यहि फागुनको अन्तिम साता बागमती प्रदेशस्तरीय प्रतियोगिता हुने भए पछि बैशाखमा धकेलिएको हो । यता केन्द्रियस्तरको प्रतियोगिता सर्ने निश्चित भए पनि प्रदेश खेलकुद परिषद गण्डकीले भने आफ्नो तयारी सुरु गरेको सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड यहि फागुनको ११ देखि १३ गते सम्म नवलपुरमा हुने भएको छ ।
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको फागुन ११ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक सुरेन्द्रराज पाण्डेले गर्ने सदस्य सचिव शर्माले जनाएका छन् । प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गर्न शर्माको अध्यक्षतामा राष्ट्रपति रनिङ शिल्डमा हुने ६ विभिन्न खेलका अध्यक्ष तथा पदाधिकरीहरु संग शनिबार छलफल गरेको छ ।
सदस्य सचिब शर्माका अनुसार नवलपुर जिल्लाका ६ पालिकाहरुले प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड सम्पन्न गर्न ३० लाख सहयोग गर्ने भए संगै प्रतियोगितालाई नवलपुरमा आयोजना गर्न लागिएको बताए । उनले भने–“यो महत्वपूर्ण निर्णय थियो । प्रतियोगिता सञ्चालन गर्न बजेट अभाव भएको बेला नवलपुरका पालिकाहरु अग्रसर भएका छन् । अर्को वर्ष जुन जिल्लाले आयोजना गर्ने हो । त्यहाँबाट प्रतिवद्धता आयो भने हामी यो प्रतियोगिता त्यहीं सञ्चालन गर्छौं र सोही अनुसार झण्डा समेत हस्तान्तरण गर्छौं ।”
फागुन ११ गतेबाट सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र÷छात्रा भलिबल र कबड्डी देवचुली नगर पालिकामा हुने तय गरिएको छ भने कराते मध्यबिन्दु नगर पालिका, तेक्वान्दो गैडाकोट नगरपालिका, उशु र एथलेटिक्स कावासोतीमा हुनेछ । उद्घाटन लगायत अन्य कार्यक्रमहरु समेत कावासोतीमा हुने सदस्य सचिब शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा ६ खेलका १ हजार २ सय खेलाडी, प्रशिक्षक, टिम ब्यवस्थापक गरी १ हजार ४ सयको हाराहारीमा नवलपुर पुग्नेछन् । सोही प्रतियोगिताबाट केन्द्रिय राष्ट्रपति रनिङ शिल्डक लागि सबै खेलका १ सय १२ जना खेलाडी छनौट हुनेछन् । सदस्य सचिब शर्माले छनौट प्रक्रियालाई पारदर्शी र जिम्मेबार पूर्वक गर्न निर्देशन समेत् दिए । उनले भने–“खेलाडी छनौट गर्दा कुनै समस्य नआओस भन्नका लागि म सबै खेलका प्रतिनिधीहरुलाई सजग गराउन चाहन्छु । खेलाडीको हितका लागि छनौट पारदर्शी हुनुपर्छ ।”

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…