२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

भारतीय पेन्सन वितरण कार्यालय पोखरामा इन्टर बटालियन भूपू भलिबल प्रतियोगिता सुरू

पोखरा भ्यूज

पोखरा । भारतीय दूतावास पेन्सन वितरण कार्यालय रामबजार पोखरामा इन्टर बटालियन भूपू भलिबलप्रतियोगिता–२०२४ सुरु भएको छ । आगामी १७ फागुनसम्म सञ्चालन हुने सो प्रतियोगितामा १८ टिमले भाग लिएका छन् ।

बुधबार एक समारोहबीच कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्नेल प्रशान्त बघेलले रेफ्री हितकुमार गुरुङलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरे । शारीरिक तथा मानसिक विकाससहित भूपूहरुबीच आपसी भेटघाटएवं भाइचारा सम्बन्ध विकासमा खेलले सघाउ पुग्ने उनको भनाइ छ ।

६/८ जिआर र २/८ जिआरबीच उद्घाटन खेलमा सोझो सेटमा ६/८ जिआर विजयी भयो । २५–१७, २५–१७ र२५–१० सेटमा उसले खेल जितेको हो । पहिलो दिनमा भएका ३ खेलमध्ये दोस्रोमा १/१ जिआर र तेस्रोमा २/५जिआर विजयी भए । आफ्नो अनुपस्थितिमा २/९ जिआरले १/१ जिआरलाई र ५/१ जिआरले २/५ जिआरलाई वाकओभर दिएको धनवीर गुरुङले जानकारी दिए ।

उद्घाटन समारोहमा भारतीय भूतपूर्व कर्नेल कृष्णबहादुर खत्री, एसबिआई बैंक गण्डकी प्रदेश प्रमुख मीनबहादुर गुरुङ, एभरेस्ट बैंक गण्डकी प्रदेश प्रमुख सुधीर गौतम, भूपू सैनिक परिवार लगायत उपस्थित रहेको बिबि पाण्डेले बताए । पाँचौं संस्करणको यो प्रतियोगिता विजेतालाई ५० हजार र उपविजेतालाई ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…