4Shares

पोखरा भ्यूज

गुल्मी । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका, हुँगा तोल्घा घर भई हाल काठमाडौ बुद्वनगर निवासी बिष्णु प्रसाद भण्डारीले स्व. माता पिताको नाममा अक्षय कोष स्थापना गरेका छन् भण्डारीले स्व. माता/पिता लक्ष्मी देवी भण्डारी देउनारायण भण्डारीको स्मृतिमा छत्रकोट गाउँपालिका, हुँगा तोल्घास्थित श्री जन जागृती मा बि  मा  लाख ११ हजार सय ११ को अक्षयकोष स्थापना गरेका हुन्

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष एवं छत्रकोट गाउँपालिका का वडाध्यक्ष घनश्याम न्यौपानेको अध्यक्षता, लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीको प्रमुख आतिथ्यतामा आईतवार बिधालय प्रांगणमा आयोजित एक कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण भण्डारी, बिधालयका प्रधानाध्यापक कमला पाण्डे भण्डारी लगाएतलाई उक्त रक़म हस्तान्तरण गरिएको थियो । 

बुद्धनगर पार्टी प्यालेसका संचालक, सिटीजन कलेज काठमांडौंका अध्यक्ष, लायन्स क्लब अफ काठमांडौं लर्डबुद्वका संस्थापक अध्यक्ष लगाएत विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेका भण्डारीले केही बर्ष पहिले सम्पन्न बिधालयको स्वर्ण महोत्सव समारोहमा घोषणा गरेको रक़म हस्तान्तरण गरेका हुन्

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर केसीले लायन्सले समाज परिवर्तनका लागि समुदायमा खेलेको भूमिकाका बारेमा आफ्ना भनाई राख्दै बिधालयमा अध्ययनरत बिधार्थीहरूलाई नैतिक शिक्षा सम्बन्धि एक घण्टाको मोटिभेशनल कक्षा समेत संचालन गरेका थिए मोटिभेशनल कक्षा पश्चात बिधार्थीहरूले प्रतिक्रिया दिदै यस प्रकारको शिक्षा आवश्यक रहेको जनाएका थिए सो अवसरमा बिधार्थीका लागि न्यानो कपडा तथा स्टेशनरी सामग्री प्रदान गरिएको थियो

भण्डारीले  केहि समय अगाडी छत्रकोट गाउँपालिका स्तरीय रनिङ शिल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लागी २५ सेट जर्सी उपलब्ध गराएका थिए 

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected