
लेकसाइड क्षेत्रमा संचालित रात्रिकालिन व्यवसायहरु अदालतको आदेशद्वारा २४ सै घण्टा खुला हुने भन्ने कुराले राती अवेर सम्म संचालन हुँदा त्यस क्षेत्रको वातावरण अशान्त बन्दै गएको तर्फ समेत संघले ध्यानाकर्षण गराएको थियो । राती अवेर सम्म मापसे चेकिङ्ग समेत गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै व्यवसायीले शान्तिपुर्वक बस्न र सुत्न नपाइएको पर्यटकहरुबाट समेत व्यापक गुनासो आएको विषय ध्यानाकर्षण गराएका थिए ।











