२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

न्यू भिजनको आयोजनामा ११५ यूनिट रगत संकलन

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब अफ पोखरा न्यू भिजनले रक्तदान सम्पन्न गरेको छ । क्लबले श्री स्वर्णकार कल्याण समिति कास्कीको सहकार्यमा बुधवार पोखरा–२, भैरवटोलमा रक्त संचारकेन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

क्लबका अध्यक्ष लक्ष्मण सुनारको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको प्रमुख आतिथ्यता र पोखरा महानगरपालिका वडा नं. २ का वडाध्यक्ष दिवसमान प्रधानाङगको बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा ११५ पिन्ट रगत संकलन भएको थियो ।

कार्यक्रममा डिष्ट्रिक्ट को–अर्डिनेटर ऋषि गिरी, एडिसनल डिष्ट्रिक्ट को–अर्डिनेटर सन्तोष श्रेष्ठ, सुनचादी ब्याबसायी महासंध गण्डकी प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतम एवं कार्यसमिति सदस्य, क्लबका पदाधिकारी एवं सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम संयोजक राजकुमार वि घिमीरेले जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…