
पोखरा भ्यूज
पोखरा । ताओ एशोसियसन अफ नेपालको क्षेत्रीय शाखाको निर्माणाधिन ताओ मन्दिरका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । पोखरा–१, बगरस्थित मान सडकमा निर्माणाधिन ताओ मन्दिरका लागि लायन्स क्लब अफ पोखरा अमर बुद्वका पूर्व अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका एफडब्लुसी डिष्ट्रिक्ट को–अर्डिनेटर शान्ता थापाले ८५ हजार २ सय ६० रकम हस्तान्तरण गरेकी हुन् । उक्त रक़म कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल सहयोगदाता शान्ता थापा, क्लब अध्यक्ष डा दुर्गा काफ़्लेले ताओ मन्दिरका गुरू आनन्द दाहाललाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।

लायन्स क्लब अफ पोखरा अमरबुद्वको संयोजनमा आयोजित सो कार्यक्रम क्लबका अध्यक्ष डा दुर्गा काफ़्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट को–अर्डिनेटरहरू सूर्यनारायण बराल, शान्ता थापा, टंकराज अधिकारी, एडिशनल डिष्ट्रिक्ट ट्रेजरर बिष्णु श्रेष्ठ, सिनियर एडभाईजर कमला गुरूङ, जोन चेयरपर्सन सुनिता थापा लगाएत क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो ।
रकम ग्रहण गर्दै ताओ गुरू आनन्द दाहालले ताओ शिक्षाले अहिलेको धर्मलाई प्रवचनको माध्यमबाट व्यवहारमा उतार्न, मानव जीवन स्वभाव परिवर्तन गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । संसारमा अदृश्य शक्ति छ, जुन कुरा व्यक्त गर्न सकिदैन, अनुभूति मात्र गर्ने हो, जस्ले यो ब्रह्माण्ड संचालन गरेको छ, त्यहि संचालन गर्ने अदृश्य शक्तिलाई चाईनिजमा ताओ नामकरण गरिएको दाहालको भनाई थियो ।







सम्बन्धित खवर















