२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खेलकुद

गण्डकी प्रदेशमा कुस्ती संघ गठन

पोखरा  । गण्डकी प्रदेशमा कुस्ती संघ गठन भएको छ । गण्डकी प्रदेशमा कुस्ती खेलको विकास एवं प्रवर्द्धन गर्न पोखरामा बुधबार सम्पन्न भेलाले उत्तर कुमार श्रेष्ठको अध्यक्षतमा सात सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
त्यसै गरी संघको उपाध्यक्षमा योगिता शाहनी, सचिवमा दिपक प्रसाद पौडेल, कोषाध्यक्षमा डिल्लिराम सुबेदी रहेका छन भने कार्यसमिति सदस्यमा दिपक बस्ताकोटी, खड्ग श्रेष्ठ र नम्रता गुरुङ रहेका छन् ।
सो अवसरमा नवगिठत कार्यसमितिलाई बधाई दिंदै गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालाले नवगठित कार्यसमितिलाई अवसर र चुनौती दुबै रहेको जनाउँदै खेलकुद विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको औल्याएका ।
प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले गण्डकी प्रदेशमा कुस्ती संघ गठन हुनुले प्रदेशको कुस्ती खेल विकासले गति लिने जनाउँदै आगामी दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे ।
नेपाल कुस्ती संघका केन्द्रिय सदस्य नविन आचार्यको अध्यक्षतामा भएको भेलामा बडी विल्डिङ संघका केन्द्रिय कोषाध्यक्ष बलराम सुवेदीको समेत सहभागिता रहेको थियो ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…