२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

नयाँबर्षको प्रारम्भसँगै पोखरा पर्दशनी केन्द्रमा श्रीमद्भागवत् ज्ञान महायज्ञ हुने

पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । २०८० वैशाख १ गतेदेख़ि १० गतेसम्म नयाँवर्षको सुरूवातका दिन पोखरा प्रदर्शनी केन्द्र नयाँबजार, पोखरामा महायज्ञ संचालन हुन गईरहेको महायज्ञ सम्पादन समितिका अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

१० दिनसम्म चल्ने यज्ञमा श्रीमद्भागवत् पाठपारायण, ब्रह्मगायत्रीद्वारा लक्ष्यहवन, लघुरुद्राभिषेक, सप्तशती पाठपारायण, वेद पाठपारायण, गीता विष्णुसहस्रनाम स्तोत्र पाठपरायण तथा पञ्चदेवोपासना र अन्य अनुष्ठानहरू हुनेछन् । यज्ञमा कर्ता बस्न इच्छुक व्यक्ति, परिवार वा वंशले ११ हजार १ सय ११ का साथमा सम्पादन समिति समक्ष आवेदन दिनुपर्ने आयोजकले जनाएका छन् ।

यज्ञलाई धर्म संकल्प कार्यका रुपमा विकास गर्ने उद्देश्यका साथ तयारी भइरहेको जसमा पोखरावासीको उल्लेख्य साथ, सहयोग मिल्ने आयोजकको विश्वास छ ।

यज्ञमा प्रमुख वाचक हरिहर सन्यास आश्रम देवघाटधाम तनहुँका पीठाधीश अनन्तश्रीविभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले रहनुहुने अध्यक्ष पौडेलले बताए । प्राय: समाजमा हुने गरेका नियमित यज्ञ भन्दा यस यज्ञको उद्देश्य पृथक रहेको सुनाउँदै यज्ञमार्फत् आध्यात्मिक ज्ञान विस्तार गर्ने मूल उद्देश्य राखिएको बताउदै पौडेलले यज्ञमार्फत् स्वःस्फूर्त रुपले प्राप्त हुने अर्थराशि वैदिक गुरुकुल एवं सत्संग केन्द्रहरुमा सदुपयोग हुने विश्वास दिलाए ।

महायज्ञ सम्पादन समितिका महासचिव सूर्यभक्त सिग्देलले धर्म निरपेक्षतामा नाममा देशमा धार्मिक स्खलन भइरहेको धारणा राख्दै लोककल्याणार्थ यज्ञ गरिएको बताए ।

महायज्ञ सम्पादन समितिका कोषाध्यक्ष मोहनप्रसाद अधिकारीले यज्ञ सम्पन्न गर्न करिव ४० लाख खर्च अनुमान गरिएको जनाउँदै यज्ञको हरहिसाब पारदर्शी हुने बताए । यज्ञको तयारी स्वरुप आजकल दिनहुँजसो मूलआयोजक समितिको बैठक भइरहेको अधिकारीले जनाए । त्यस्तै यज्ञका बारेमा ब्रोसर, पहिलो चरणकोपत्रकार सम्मेलन, उपसमिति चयन, पत्र वितरणदेखि वडास्तरमा जनप्रतिनिधिसँग छलफल गरि सकिएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…