२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
देश

मानव बेचबिखन विरुद्ध ‘उद्देश्यसहितको यात्रा’ टोली पोखरामा

पोखरा । नेपालमा बर्सेनि थुप्रै बालबालिका हराउँछन् । तीमध्ये कतिपयको बेखबिखन हुन्छ र कतिपयलाई निकृष्ट काममा पनि लगाइन्छ । यस्तो अवस्था भारतमा पनि छ । भारत मेघालयको सिलोङकी हसिना खार्बी र युरोपका कार्लोस नोभारो बालबालिकाको सुरक्षा र जलवायु परिवर्तनको अभियानमा छन् । जलवायु परिवर्तन पनि किनभने यसले गरिबीसमेत निम्त्याउँछ र गरिबीले बालबालिकालाई जोखिममा पार्छ ।

जलवायु परिवर्तनको असर कम गराउने र मानव बेचबिखन नियन्त्रणमा योगदान गर्ने उद्देश्यसहितको यात्रामा कार्लोस, हसिना लगायतको टोली मंगलबार पोखरा आइपुगेको छ । उनीहरु झन्डै महिनादिन अघि मेघालयको सिलोङबाट हिँडेका थिए । टोलीमा भारत, युरोपका विभिन्न देश र दक्षिण अमेरिकी देशका नागरिकसमेत सामेल छन् ।

उनीहरु मोटरसाइकल यात्रा गर्दै पोखरा आइपुगेका हुन् । उनीहरुले मंगलबार पोखराको भरतपोखरी वागमारामा वृक्षरोपण पनि गरेको छ । जलवायु परिवर्तन कम गर्न आवश्यक रुख बिरुवाको संख्या वृद्धिको उद्देश्यका साथ उनीहरुले अक्सिजन धेरै उत्पादन गर्ने पीपल, समी, रुद्राक्ष लगायतका रुख रोपेका थिए ।

स्पेनको मेड्रिडका इनिगो डे नेभारा र जौन कार्लोस कोरभारा पनि हसिनाको टोलीमा पोखरा आएका छन् । कार्लोस स्पेनमा बाउन्सर डिजिटलका संस्थापक हुन् । डेभारा र कोरभारा दुवै बालबालिकालाई डिजिटल माध्यमबाट बालबालिकालाई हानि हुन नदिने अभियानमा छन् । हसिनाहरुले बालबालिका बेचबिखन विरुद्ध अभियान चलाइरहेको कुराले उनीहरुलाई प्रभावित गर्‍यो । ‘मेरा ५ जना बालबच्चा छन्, अरु थुप्रै बालबच्चाहरुको लागि पनि मैले काम गर्नुपर्छ भनेर अभियानमा जोडिएँ,’ नेभाराले भने, ‘नेपाल र भारतमा पनि के गर्न सकिन्छ भनेर यहाँ आएको हुँ ।’

उद्देश्यसहितको यात्रा नारासहित उनीहरु मोटरसाइकल यात्रामा आएका छन् । हसिना इम्प्लस एनजिओ नेटवर्कसँग आवद्ध छिन् । यो नेटवर्क नेपालमा इरिकन संस्थासँग मिलेर अभियानमा जोडिएको छ ।

इरिकनकी अध्यक्ष मीना शर्मा र कार्यकारी निर्देशक कपिल काफ्ले पनि यसै सन्दर्भमा पोखरामा आएका छन् । उनीहरुलाई पोखरा पर्यटन परिषदका उपाध्यक्ष तारानाथ पहारी, पर्यटनकर्मी राजेश पहारी र नाट्टाका हरिराज अधिकारीले पोखरामा स्वागत गरे । उनीहरुले ‘उद्देश्यसहितको यात्रा’लाई पर्यटनमा जोड्न आग्रह गरे ।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…

सदस्यता ‘खारेज’ विवादले कांग्रेसभित्र टकराव-लहडको निर्णय अस्वीकार्य-खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताको व्यक्तिगत आवेग वा भाषणको भरमा खारेज गर्न नसकिने स्पष्ट सन्देश दिएको…