२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

महिला संघ महानगर समितिले दियो वात्सायन बृद्धाश्रममा कपडा, फलफुल

पोखरा । नेपाल महिला संघ पोखरा महानगर समितिले पोखरा छिनेडाँडामा रहेको वात्सायन बृद्धाश्रममा कपडा, फलफुल र तरकारी वितरण गरेको छ ।

नजिकै आउँदै गरेको आमा औंसीको अवसर पारी वृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुलाई एक सेट कपडा, फलफुल र तरकारी शनिवार एक कार्यक्रमका विच वितरण गरीएको महिला संघ महानगरका सभापति अम्बिका ढुंगानाले बताईन । बृद्धाश्रममा रहेका १५ जना बृद्धबृद्धाहरुलाई आफ्ना बाबु आमा जस्तै सम्झेर महानगर समितिले सानो सहयोग गरेको ढुगानाले बताईन ।


२०६८ सालमा स्थापना भएको बृद्धाश्रममा हाल ७ जना बृद्ध र ८ जना बृद्धा गरी १५ जना जेष्ठ नागरीकहरु रहेकाछन ।

महानगर समितिका सभापति अम्बिका ढुगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वात्सायन बृद्धाश्रमका अध्यक्ष ललित बहादुर बानियाँले विभिन्न मनकारी दाताहरुको सहयोगले वृद्धाश्रम संचालन हुदै आएको बताए।

महानगर समितिका सदस्य उर्मिला बस्नेत संयोजक रहेको क़ार्यक्रममा नेपाली कांग्रेसका केन्दिय सदस्य शारदा पौडेल, महिला संघ जिल्ला सभापति मिना पाण्डे, उपसभापति इन्दिरा बानियाँ, सल्लाहकार शारदा बास्तोला, समाजसेवी तिर्थ बहादुर बस्नेत लगाएतको उपस्थिति रहेको महानगर समितिका सचिव कल्पना थापा बताईन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…