२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

लायन्स पैसा वालाहरुको संस्था, होइन दिलवालाको संस्था हो – खेतान

पोखरा । लायन्स अन्तर्राष्ट्रियका पूर्व डाईरेक्टर ई. सञ्जय खेतानले लायन्स पैसा वालाहरुको संस्था होइन, दिलवालाको संस्था रहेको बताएका छन् । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२४/२५का लागि मनोनित डिष्ट्रिक्ट पदाधिकारीको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा खेतानले उक्त कुरा बताएका हुन् । जसले समाजका लागि केही गर्न तयार हुन्छन् भने उनीहरुलाई लायन्समा भित्र्याउन सकिन्छ, पैसा मात्रै हेर्नु नहुने खेतानले बताए ।
की–नोट स्पीकर समेत रहेका खेतानले डिष्ट्रिक्ट ३२५ आई नेपालमा अन्य डिष्ट्रिक्ट भन्दा सवल नेतृत्व रहेको बताए । रिडिष्ट्रिङ भएपछि बनेको डिष्ट्रिक्ट ३२५ आई नेपाल कहिले पनि दोस्रो हुन नपरेको भनाई ब्यक्त गरेका थिए । खेतानले नेपाल सदस्यता बृद्धिका क्षेत्रमा अग्र स्थानमा रहेको पनि बताए । संस्थालाई अझै हामीले संस्थालाई बलियो बनाउन सदस्यता बृद्धि गर्न आवश्यक छ, यो बृद्धिलाई अझै कायम राख्न आग्रह समेत गरेका थिए ।

नेपालमा लायन्समार्फत सामाजिक क्षेत्रमा थुप्रै काम भएकोले नेपालका लायन्स क्लबले लायन्स अन्तर्राष्ट्रियमा सबैको मन जित्न सफल भएको बताए ।
नेपालमा लायन्स क्लब मार्फत शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम भई रहेको छ, नेपालको सामुदायिक बिकास गर्न धेरै सहयोगको आवश्यकता रहेको उनले बताए ।
नेपालमा लायनिजमको भविष्य निकै सुन्दर रहेको बताउदै खेतानले लायन्सको स्ट्रेन्थ वृद्धि भइरहेको पनि बताए  । उनले मेम्बर र क्लबहरु बढ्दा सेवाका हातहरु पनि बढ़छन्, नेपालमा दुर्गम भन्दा दुर्गम स्थानमा सेवा पुर्याउने काम लायन्स मार्फत भइरहेको छ भने आगामी दिनमा यो संख्या अझै बढ्नेछ । मेम्बरसिप बृद्धिले एकातर्फ संस्था बलियो हुन्छ भने अर्कोतर्फ कन्ट्रिव्युसनका क्षेत्रमा राम्रो हुने भनाई राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…