२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाको चौथो साधारणसभा सम्पन्न

पोखरा । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ
साधारणसभाको एक कार्यक्रमका बीच शनिवार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका छन् ।
कार्यक्रममा मुख्यमन्त्री अधिकारीले बेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
धार्मिक पर्यटनको आँर्फैमा विशिष्ट महत्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले बेगनास ताललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न सकिने धारणा राखे । बेगनास र आसपासका क्षेत्रमा पूर्वाधार विकासका कामहरू अघि बढीरहेको बताउँदै उनले विकास क्रममा आइपर्ने समस्यासँग डराएर नभै समाधान गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले लेखनाथ क्षेत्रका सात ताल मध्येको ठूलो बेगनास ताल जल सम्पदा, प्राकृतिक सुन्दरता, जैविक विविधता एवम् साधन स्रोतका दृष्टिबाट महत्वपूर्ण सम्पदा भएको बताए ।
तालसँगै यहाँस्थित धार्मिक महत्वको बराह मन्दिरका साथै लक्ष्मी नारायण मन्दिरलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्य बनाउने गरी पूर्वाधार निर्माण कार्य अघि बढीरहेको उनले जानकारी दिए ।
यस क्षेत्रको समग्र विकासका लागि २०७५ साल मंसिरमा सञ्चालित महायज्ञसँगै संकल्प गरिएका अधिकांश कामहरू सम्पन्न भएको बताउँदै उनले स्थानीयवासी, तीनवटै तहका सरकारसँगको समन्वय र सहकार्यमा यस क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोच राखिएको जानकारी दिए ।
आगामी आर्थिक वर्षमा बेगनासताल क्षेत्र वरपरका धार्मिक शक्तिपीठ, मठमन्दिर , देवालय एवम् गुम्बाको समग्र विकासका लागि गुरुयोजना सहतिको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण एवम् आर्थिक सहयोगका लागि स्थानीय एवम् प्रदेश सरकार अनुरोध गर्ने कार्ययोजना रहेको उनले जानकारी दिए । बेगनासतालमा पर्यटकीय गतिविधि बढाउनका लागि आवश्यक पूर्वाधार विकासका लागि पहल गरिने उनको भनाइ छ ।
बेगनासतालको वरपर रिङ्गरोड (पैदल मार्ग र साइक्लिङ मार्ग) निर्माण गर्दै पर्यटन प्रवद्र्धन गर्न सम्बन्धित निकायमा पहल गरिने उनले बताए ।
पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पोखरा महानगरपालिका वडा नं ३१ भित्रका धार्मिक सम्पदाको संरक्षणसँगै तिनीहरूको पूर्वाधार विकासलाई वडाले प्राथमिकतामा राखेको बताए ।
पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.इन्द्रप्रसाद तिवारीले सबै किसिमको रोजगारीका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताए । विश्वमा नै धार्मिक पर्यटनको विशिष्ट महत्व रहेको उनको भनाइ छ ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुका अधिकारी, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जिवी अधिकारी, बेगनासताल बराह महाआरती संयोजक राममणि अधिकारी, बराह मन्दिर निर्माण समितिका संयोजक सुरेन्द्र सापकोटा, पोखरा ३१ का निवर्तमान वडा अध्यक्ष कमलबहादुर थापा, शिव गोरक्षपीठ सिद्धाश्रमका अध्यक्ष भरतप्रसाद तिवारी, लेखनाथ होटेल तथा रेष्टुरेन्ट एशोसिएसनका अध्यक्ष बीरभद्र कंडेल लगायतले बेगनास बराह लगायत धार्मिक गन्तव्यलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।
संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीको अध्यक्षता एवम् सचिव शान्ति ढकालले सञ्चालन गरेको साधारणसभाले अध्यक्ष र सचिवको प्रतिवेदनका साथै उपाध्यक्ष मित्रलाल भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…