61Shares

अन्नपूर्ण, कास्की  अन्नपूर्ण गाउँपालिका, कास्कीका अध्यक्ष बिष्णु बहादुर केसीले कार्यकाल सम्हालेको दोस्रो वर्षमा हासिल गरेको उपलब्धिहरुको संगालोअन्नपूर्ण दर्पण विमोचन एवं सार्वजनिकरण गरेका छन्

२०७९ वैशाख ३१ गते निर्वाचित भए पश्चात जेठ गते पदभार ग्रहण गरी कार्यभार सम्हालेको दुई वर्ष पूरा भएको अवसरमा हासिल गरेको उपलब्धिलाई समेटी पालिकाले पुस्तक प्रकाशन गरेको हो । 

आइतवार गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा पूर्व जिल्ला बिकास समितिका सभापति पुण्यप्रसाद पौडेल, निवर्तमान गाउँपालिका अध्यक्ष युवराज कुँवर, गाउँपालिका अध्यक्ष केसी, उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, राजनीतिक दलका नेतालगाएतलेअन्नपूर्ण दर्पणपुस्तक सार्वजनिक गरेका हुन्

पुस्तक विमोचन एवं सार्वजनिकरण कार्यक्रममा बोल्दै अध्यक्ष केसीले पहिलो वर्षको अनुभव, सीकाई  प्राप्त पृष्ठपोषणका आधारमा पहिलो वर्षका असल अभ्यासहरूलाई निरन्तरता दिँदै, सेवा प्रवाहलाई प्रविधिमैत्री र प्रभावकारी बनाइएको बताए   उनले भने, ‘निर्वाचनका समयमा गरेका प्रतिबद्धता हाम्रो योजना निर्माण र कार्यान्वयनका मार्गनिर्देशनलाई आधारका रुपमा ग्रहण गर्दै अघिल्लो एक वर्षको अनुभव समेतको आधारमा समृद्ध अन्नपूर्ण गाउँपालिका निर्माणको लागि हामी निरन्तर लागि परेका छौं

पूर्वाधार विकास, गुणस्तरीय शिक्षाका लागि शैक्षिक क्षेत्र सुधार, नागरिकको स्वास्थ्यको प्रत्याभूति स्वरूप स्वास्थ्य बिमा, सुशासनका लागि प्रशासनिक सुधार, विपद् व्यवस्थापन, महिला सशक्तिकरण, उत्पीडित समुदाय, आदिवासी, जनजाति, अपाङ्गता भएका नागरिक, कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रमा विशेष जोड दिदै टोलटोल वडास्तरबाट योजना संकलन छनौट गरी आवश्यकता प्राथमिकताका आधारमा बजेट विनियोजन गरी कार्यान्वयन भएको केसी जानकारी गराए

पालिकाले पहिलो एक वर्षमा १५ र दोस्रो बर्षको अन्त्यसम्म आइपुग्दा २१ वटा कानून पारित गर्दै सेवाप्रवाह प्रशासनिक कार्यमा उल्लेखनीय प्रगति गरेको अध्यक्ष केसी बताए उनका अनुसार विशेष गरी दोस्रो वर्षमा कृषि क्षेत्रको व्यवसायीकरण, एकीकृत पर्यटन सूचना केन्द्रको स्थापना, सडक क्षेत्रको बिस्तार र स्तरोन्नति भौतिक पूर्वाधार विकास, स्वास्थ्य बिमाको निरन्तरता, शैक्षिक सुधार, सुशासन प्रबिधिमैत्री गाउँपालिका स्थापना उद्यमशिलाता विकास मार्फत आयआर्जनका क्षेत्रमा विशेष उपलब्धि हाँसिल भएका छन् ।

केसीले विकास निर्माणको काममा दलीय हिसाबले लाग्न नहुने भनाई राख्दै जसले योजना ल्याए पनि त्यसले गाउँ बन्ने भएकाले एकजुट हुनुपर्ने बताए संघ प्रदेशसँग बजेट मागेका छौं सबैले कहाँकसको पहुँच पुग्छ त्यहाँ योजना मागौं,’ अध्यक्ष केसीले भने, ‘पालिका राम्रो बन्यो भने त्यो सबैलाई राम्रो हुने हो

पालिकाका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले गाउँपालिकालाई नमूना पालिका बनाउने अभियानमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरू जनप्रतिनिधिहरू एकजुट भएर लागेको बताईन् जनप्रतिनिधिद्वारा जनतासमक्ष गरेका प्रतिबद्धताहरू पूरा गर्दै, नमूना गाउँपालिका बनाउने अभियानमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूको निरन्तर साथ सहयोग रहेको उनको भनाई थियो

पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलले गाउँपालिकाको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक प्रशासनमा मितव्ययिता, सदाचार, जवाफदेहिता, उत्तरदायी बनाई गाउँपालिकाको सेवाप्रणालीलाई सुधार गर्दै डिजिटल प्रविधिको प्रयोग गरेर राजस्व, योजना, भुक्तानी प्रणाली, पञ्जीकरण लगायतका सेवाहरूलाई प्रभावकारी बनाईएको बताए सेवाग्राही सहायता कक्षलाई थप प्रभावकारी बनाउँदै, सेवा प्रबाहमा थप सरलता र सहजता भएको महसुस गराइएको पोखरेलको दावी थियो 

गाउँपालिकाले वडा नं विरेठाँटीमा स्थापित पशु सेवा केन्द्र, कृषिसेवा केन्द्र, पर्यटन सूचना केन्द्रलाई सबल बनाउँदै सेवा प्रवाहलाई विकेन्द्रित गरेको बताउदै गाउँपालिका केन्द्रबाट टाढा रहेका नागरिकलाई नजिकबाट सेवा दिनका लागि यी केन्द्रहरूलाई थप सक्षम प्रविधिमैत्री बनाइएको पोखरेलले बताए

पूर्व जिल्ला बिकास समितिका सभापति पुण्यप्रसाद पौडेलले यो गरियो त्यो गरियो भन्दा पनि यो दुई बर्षको कार्यकालको समीक्षा गरेर नतिजा निकाल्न सुझाव दिदै पालिकाबासीले लगानीको प्रतिफल खोजेको बताए 

गाउँपालिकाका निवर्तमान अध्यक्ष युवराज कुँवरले आफ्नो कार्यकालमा भएका गतिबिधिको स्मरण गराउँदै बाँकी तीन वर्ष नागरिकको सेवामा अझै गम्भीर भएर लाग्न सुझाव सहित कृषि पर्यटनमा अन्नपूर्णको सम्भावना धेरै भएकाले त्यसै अनुसारका योजनामा जोड दिन आग्रह गरे

गाउँपालिकाका अध्यक्ष केसीको अध्यक्षता, पालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख बलराम भुगाईको संचालन रहेको कार्यक्रममा पालिकाका निवर्तमान उपाध्यक्ष सगुन गुरूङ, राप्रपा नेपालका केन्द्रिय सदस्य कुलबहादुर गुरूङकुलु’, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति मनपति भण्डारी, नेकपा माओवादीका धर्म तमु, नेकपा समाजवादीका भरत देवकोटा, गाउँपालिकाका वडा नं. का वडाध्यक्ष एवं नेपाली कांग्रेस संसदीय दलका नेता जिवनाथ पौडेल,  का वडाध्यक्ष एवं पालिका प्रवक्ता भरतमान गुरूङ, ११ का वडाध्यक्ष हिम बहादुर गुरूङ लगाएतले बोलेका थिए

61Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected