२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
स्वास्थ्य

दर्शन फाउण्डेशनद्वारा म्याग्दीको सिंगामा निःशुल्क स्वास्थ्य शिविर

पोखरा भ्यूज
म्याग्दी, १७ जेठ । दर्शन फाउण्डेशनको आयोजनामा म्याग्दीको बेनी नगरपलिका– ४ सिंगामा हालै आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ विरामी लाभान्वित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको सहआयोजना तथा युनाइटेड रेफरेन्स ल्याब्रोटोरी (युआरएल) पोखरा र बेनी अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा कतिपय विरामीको रक्त परीक्षण समेत गरिएको थियो । संस्थाले सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै दुर्गम ठाउँमा पुगेर निःशुल्क शिविर आयोजना गरेको आयोजक फाउण्डेशनका अध्यक्ष पितमबहादुर सेनले जानकारी दिए । आगामी दिनमा पनि फाउण्डेशनले सेवामूलक कार्यलाई निरन्तरता दिने उनले बताए ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले उक्त शिविरभन्दा अघि संस्थाले एक सय ७२ वटा शिविर सम्पन्न गरिसकेको जानकारी दिए । स्वास्थ्यलाई धनको रुपमा लिनुपर्ने भन्दै उनले पछि गएर समस्यामा पर्नुभन्दा समयमै स्वास्थ्य जाँच गर्नु वुद्धिमानी हुने बताए । आगामी दिनमा समेत दूरदराजमा पुगी युआरएलले यसप्रकारका शिविर संचालन गर्ने अध्यक्ष पन्तले जानकारी दिए । डाक्टरहरु कृष्णराज अधिकारी, सरोजचन्द्र दाहाल, विराट शर्मा, राज गुरुङ, अञ्जु थापा र रामु सापकोटाले शिविरमा सहभागीको स्वास्थ्य परीक्षण गरेका थिए । सो अवसरमा निःशुल्क औषधि समेत उपलब्ध गराइएको थियो । नेपाल रेडक्रस सोसाइटी म्याग्दीका अध्यक्ष अमर बानिया,
कोषाध्यक्ष नवराज पौडेल, बेनी– ४ का वडाअध्यक्ष अणबहादुर खड्का र रेडक्रस सिंगा उपशाखाका सभापति सुमन बानियाले उद्घाटन शत्रमा आफ्ना भनाई राखेका थिए ।
समापन शत्रमा आफ्नो भनाई राख्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्वास्थ्य शिविर आयोजना गरेर दर्शन फाउण्डेशनले उदाहरणीय कार्य गरेको बताए । शिविरका कारण आफ्नो घरआँगनमै धेरै विरामीले उपचार सेवा लिन पाएको उनले सुनाए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ  पेट, छाति एवं मुटुरोग विशेषज्ञ डा.कृष्णराज अधिकारीले यसप्रकारको स्वास्थ्य शिविरको ठूलो प्रभाव नभए पनि विरामीको रोग पत्ता लगाउन र निदानको बाटो खोज्न सहज हुने भनाई राखे । पटक पटक यस्ता शिविर आयोजना गर्न सके धेरै विरामीले लाभ लिन सक्ने उनले बताए ।

Read more

पोखराबाट सुरु भएको युआरएल अब ‘ग्रुप’मा रूपान्तरण

२१ शाखासहित सेवा विस्तार, नयाँ नेतृत्व चयन पोखरा । पोखरा न्युरोडमा १३ वर्षअघि स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) अब ‘युआरएल ग्रुप’मा रूपान्तरण भएको छ। शुक्रबार सम्पन्न विशेष…

“ऐन–नियमअनुसार जिम्मेवारी पूरा गर्दै अस्पतालको श्रीवृद्धिमा नेतृत्व दिनुहोस्”-स्वास्थ्य मन्त्री पाठक

गण्डकीका १६ प्रदेश अस्पतालका नवगठित व्यवस्थापन समितिसँग अन्तरक्रिया पोखरा, फागुन ११ — गण्डकी प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश को आयोजनामा मन्त्रालय मातहतका २ आयुर्वेद अस्पतालसहित कुल…

महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ फिनिक्सद्वारा आयोजित “महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम (भाग–३)” गत पौष २७ गते आइतबार ललितपुरको नख्खुपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा सम्पन्न भएको…

पोखरामा दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर, ५ सय ५५ जनाको स्वास्थ्य जाँच

पोखरा, ५ पुस। गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर सम्पन्न…

स्थापनाको १३ वर्षमै चरक हस्पिटल प्रदेशकै भरोसायोग्य स्वास्थ्य सेवा केन्द्र बन्दै

पोखरा, २२ मंसिर। पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवा यात्राको १३ वर्ष पूरा गर्दै विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले शनिबार रक्तदान…

 पोखरा ग्लोरीद्वारा स्याङ्गजामा बृहत् आँखा शिविर, २५० भन्दा बढी लाभान्वित

स्याङ्गजा। स्याङ्गजा, पुतलिबजार–१४, लामागेस्थित श्री श्रवण माध्यमिक विद्यालयको प्रांगणमा लायन्स क्लब अफ पोखरा ग्लोरीद्वारा एकदिने बृहत् आँखा शिविर सम्पन्न भएको छ। शिविरमार्फत २५० भन्दा बढी स्थानीयवासीले आँखा स्वास्थ्य…