२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खेलकुद

चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधी आर्मीका श्रेष्ठ र खोटाङकी राईलाई

पोखरा भ्यूज

२१ जेठ, अन्नपूर्ण कास्की । चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जितेका छन् ।  गत बर्षका उपबिजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दुरीलाई ४ घण्टा १६ मिनेट २४ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यध्यपी सो दूरी गतबर्ष उनले ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गरेका थिए ।

त्यसैगरी सोलुखुम्बुका अर्जुङ कुलुङ दोस्रो भए । उनले निर्धारित दुरीलाई ४ घण्टा ३५ मिनेट १५ सेकेण्डमा पुरा गरेका थिए। उनले ५ दिन अघि मात्र एभरेस्ट म्याराथनको उपाधी चुमेका थिए ।

त्यसैगरी गतबर्षका बिजेता जुम्लाका धिरबहादुर बुढा तेस्रो स्थानमा आए । उनले ४ घण्टा ४३ मिनेट ६ सेकेण्डको समयमा निर्धारित दुरी पार गरेका थिए भने उनले गत बर्ष ४ घण्टा १० मिनेट ५१ सेकेन्डमा दुरी पूरा गरी प्रथम स्थान प्राप्त गरेका थिए । द्वितीय र तृत्तिय स्थान प्राप्त गरेका राई र बुढ़ाले क्रमशः एक लाख र ७५हजार नगद प्राप्त गरे ।

महिला तर्फको उपाधी खोटाङका निर्मला राईले जितिन् । उनले निर्धारित दुरीलाई ५ घण्टा ३७ मिनेट ४७ सेकेण्डमा पुरा गर्दै विजेताले राईले नगद १ लाख ५० हजार राशी पुरस्कार प्राप्त गरिन् ।

नेपाल आर्मीकी (डोल्पा घर भएकी)सुनसरी रोकायले ५ घण्टा ४५ मिनेट ३१ सेकेण्डमा दौड़ पुरा गर्दै दोस्रो स्थानामा रहिन् भने ओखलढुङ्गाकी छोकी शर्पाले ५ घण्टा ५६ मिनेट ५९ सेकेण्डको समय दुरी पार गर्दै तेस्रो स्थानमा आईन् । गत बर्ष पनि तेस्रो स्थान प्राप्त गरेकी शर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा दौड पुरा गरेकी थिईन् । महिलातर्फ पनि द्वितीय र तृत्तिय स्थान प्राप्त गरेका रोकाय र शर्पाले क्रमशः एक लाख र ७५ हजार प्राप्त गरे ।

दौड ४ हजार १ सय ३० मिटरको अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक ओर्लिएर समापन भएको थियो।  

महिला तर्फ १ विदेशी सहित ११ जना धाविकाको सहभागिता रहेको थियो । ३ विदेशी ४९ जना पुरुष धावकको सहभागिता रहेको थियो । महिला तथा पुरुष गरी ६० जना धावकले भाग लिएकोमा २ जनाले बिचबाटै प्रतियोगिता छाडेका थिए । ४ विदेशी मध्ये ३ जना बेलाएती र १ स्क्टल्यान्डका धावकको सहभागिता रहेको थियो।  

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा सञ्चालित अन्नपूर्ण म्याराथनमा विजेता धावकहरुलाई म्याराथनका समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामला मन्त्री डा. टकराज गुरूङ, मूल आयोजक समितिका संयोजक एवं समितिका अध्यक्ष ललित गुरूङ लगाएतका विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए।

‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पुर्र्याउने उद्देश्यसहित समितिले २०७५ सालदेख़ि अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको हो।अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गत वर्षदेखि अल्टिमेट एडभान्चर नेपालको साथ र सहयोग रहेको समितिले जनाएको छ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउने गरिन्छ । सोही दिनको सम्झनामा ‘अन्नपूर्ण म्याराथन’ आयोजना गरिएको अन्नपूर्ण म्याराथन प्रतियोगिताका संयोजक ललित गुरुङले बताए।  

समितिका अध्यक्ष ललित गुरूङको अध्यक्षता गण्डकी प्रदेश सरकारका आर्थिक मामला मन्त्री  डा. टकराज गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पण्डित गुरू आनन्द, प्रदेश सभा सदस्य प्रकाश बराल, पूर्वमन्त्री प्रकाश गुरूङ, नेपाल टुरिजम बोर्डका सदस्य ऋषिराम भण्डारी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका प्रमुख डा. रविन कडायत लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले पर्यटन पूर्वाधारको बिकास गर्नका लागि मौलिकतालाई जोगाई संरक्षणमा जोड दिनुपर्ने बताए । उनले अन्नपूर्णको पर्यटन पर्वधन गर्नका लागि गण्डकी प्रदेश सरकारले उचित निती निर्माण गर्ने जानकारी दिए । अर्थ पर्यटनको बिकास र बिस्तार गर्न सके रोज़गारी सृजना र उत्पादनमा बलपुग्ने उनको भनाई थियो ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…