२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खेलकुद

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : ब्याडमिन्टनमा बागमती टिम च्याम्पियन

पोखरा भ्यूज
पोखरा  । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत ब्याडमिन्टनमा बागमती टिम च्याम्पियन भएको छ । बागमती कुल दुई स्वर्ण र तीन कास्य पदक सहित टिम च्याम्पियन भएको हो । दुई स्वर्ण सहित लुम्बिनी दोस्रो र एक स्वर्ण चार रजत र दुई कास्य सहित घरेलु टोली गण्डकी तेस्रो भयो ।

छात्रा डबल्सतर्फ बागमतीका तिसा रानी शाक्य र रिहाना शेरचनको जोडीले गण्डकीका दिलासा राना मगर र समृद्धी श्रेष्ठलाई २१–१६ र २१–१६ अंकले पराजित गरे । कोशीका मिग्मा तमाङ र निद्रा तमाङ सगै निताशा रोका मगर र निभा राईको जोडीले तेस्रो स्थान हात पारे ।

छात्र डबल्सतर्फ लुम्बिनीका सुदेश राजकोटी र सुविन श्रेष्ठको जोडीले गण्डकीका सफल भुजेल र गेजराज कार्कीको जोडीलाई १९–२१, २१–१६ र २१–१३ ले पराजित गरे । कोशीका प्रतिक विष्ट र प्रशन्न जिसी सगै सुदुरपश्चिमका आदित्य चौधरी र चौधरीको जोडी तेस्रो भए ।

मिक्स डबल्सतर्फ गण्डकीका सफल भुजेल र दिलासा रानाको जोडीले केशीका सदिप राई र निभा राईको जोडीलाई २१–१५ र २१–१२ अंकले पराजित गरे । बागमतीका सत्यम कार्की र रिहाना शेरचन सगै रिजन मगर र तिसारानी शाक्यको जोडी तेसो भए ।

छात्र एकलतर्फ लुम्बिनीका सुविन श्रेष्ठले गण्डकीका सफल भुजेललाई २१–१७ र २१–१९ अंकले पराजित गदै प्रथम भए । बागमतीका रिजन मगर र कोशीका सुदिप राई तेस्रो भए ।

छात्रा एकलतर्फ बागमतीका रिहाना शेरचनले कोशीकी निभा राईलाई २१–१० र २१–१९ अंकले पराजित गदै प्रथम भए । गण्डकीकी समृद्धी श्रेष्ठ र दिलाशा राना तेस्रो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेपका सदस्य अञ्जन धमलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…