२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

जोन ६ को चौथो एडभाईजरी कमिटी मिटिङ सम्पन्न

पोखरा । जोन ६ को चौथो एडभाईजरी कमिटी मिटिङ, फेलोशिप एण्ड अवार्ड सेरोमनी सम्पन्न भएको छ । शुक्रवार लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत जोन ६ को जोन चेयरपर्सन सान्त्वना पराजुलीले चौथो एडभाईजरी कमिटी मिटिङसँगै फेलोशिप र अवार्ड सेरोमनी सम्पन्न गरेकी छन् ।

पराजुलीले जोन अन्तर्गतका ४ वटा क्लबहरूले एकवर्षे कार्यकाल सफल बनाउन गरेको सहयोग उच्च सम्मान स्वरूप अवार्ड वितरण गरेको बताईन् ।

डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले दिएका सबै जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्दै सबैको सहयोगबाट समूहगत रुपमा सामाजिक सेवाका कार्य गरी जिम्मेवारी पूरा गरेको पराजुलीले दावी गरिन् ।

अवार्ड वितरण एवं फेलोशिप समारोहका प्रमुख अतिथि लायन बर्ष २०२४/२५ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले लायन्समा लागेर समाज सेवा गर्नेलाई सधैँ प्रोत्साहन गर्नुपर्ने बताउदै डिष्ट्रिक्टलाई सफल बनाउन जोन चेयरपर्सन पराजुली सहित जोन ६ अन्तर्गतका क्लबको योगदान महत्वपूर्ण रहेको बताए।

जोन चेयरपर्सन सान्त्वना पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा डिष्ट्रिक्ट पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट को–अर्डिनेटर अमृत प्रसाद तिवारी, पवित्रराज तिवारी, ऋषि गिरी, टंकराज अधिकारी लगायत डिष्ट्रिक्टका विभिन्न पदमा रहेका लायन लिडरको उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…