
काठमांडौं । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर १२ अन्तर्गतका क्लबबीच परिचयात्मक एवं फेलोसिफ कार्यक्रम सम्पन्न भएको छ । विहिवार दियालो फुडल्याण्ड काठमांडौंमा सम्पन्न परिचयात्मक एवं फेलोसिफ कार्यक्रममा आगामी बर्ष २०२४/०२५ का लागि क्लस्टर १२ का रिजन/जोन अन्तर्गतका २० क्लबबाट करिव ७० जनाको उपस्थित रहेको थियो ।
क्लस्टर चिफ शारदा न्यौपानेको अध्यक्षता एवं संचालन रहेको कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन बर्ष २०२४/२५ का प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरद्वय पार्वती खरेल पाण्डे र सूर्यकुमार केसी, पिआरओ इन चिफ बिष्णुप्रसाद भण्डारी, डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर महेश पाण्डे, डिष्ट्रिक्ट को–चिफ एडभाईजर जनार्जन फुयाल, डिष्ट्रिक्ट एक्जुकेटिभ राजु चालिसे, एल सि आई एफ डिष्टि्क्ट को अर्डिनेटर रामहरी सिलवाल लगाएत सिनियर लायन्स लिड़रहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै, क्लस्टर अन्तर्गतका रिजन चेयरपर्सनद्वय इन्द्र केसी र दिनेश थापा, जोन चेयरपर्सनहरू गोमा दवादी, रेखा थापा, लैला श्रेष्ठ, प्रवीण भट्टराई, नर बहादुर खत्री(नविन), क्लस्टर अन्तर्गतका क्लव अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष एवं क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

२० वटा क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको उपस्थिति रहेको कार्यक्रममा क्लस्टर चिफ शारदा न्यौपानेले आगामी कार्यकाल लायन बर्ष २०२४/२५ का डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले ल्याएका वार्षिक कार्यक्रमका बारेमा प्रकाश पार्दै रिजन, जोन र क्लब अध्यक्ष सहित क्लब पदाधिकारीको काम कर्तव्य र अधिकारका बारेमा जानकारी सहित अध्यक्ष, जोन/रिजनसँग प्रतिबद्वता मागेकी थिईन् ।
खुला छलफल गरिएको कार्यक्रममा रिजन चेयरपर्सनद्वय इन्द्र केसी र दिनेश थापा, जोन चेयरपर्सनहरू गोमा दवादी, रेखा थापा, लैला श्रेष्ठ, प्रवीण भट्टराई, नर बहादुर खत्री(नविन) एवं क्लब अध्यक्षसहित पदाधिकारीले आफ्नो काम कर्तब्यप्रति सजक रहदै डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई हरप्रयासले कार्यान्वयन गराउन लागि पर्ने प्रतिबद्वता ब्यक्त गरेका थिए ।
परिचयात्मक एवं फेलोसिफ कार्यक्रममा प्रमुख आमन्त्रित ब्यक्तित्व डिष्ट्रिक्ट ३२५ आई नेपाल लायन बर्ष २०२४/२५ का प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले बाग्मती एरियामा पहिलो र विल्कुल नौलो क्लस्टर प्रमुख मिट भएको बताईन् । कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरेकोमा क्लस्टर प्रमुख न्यौपानेलाई बधाई दिदै पाण्डेले डिष्टिक्टले खोजेको जस्तो रिजन, जोन र क्लव पदाधिकारीहरूले उर्जा प्रदान गर्न सफल भएकोमा कार्यकाल सफलताको शुभकामना दिएकी थिईन् । भाईस गभर्नर पाण्डेले ओपन फोरममा उठेका जिज्ञासाहरुको सहजीकरण पनि गरेकी थिईन् । द्वितीय भाईस गभर्नर सूर्यकुमार केसीले रिजन/जोन चेयरपर्सन र क्लब अध्यक्षको काम कर्तब्यका बारेमा दायित्वबोध गराएका थिए ।


