२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

क्लस्टर १२ अन्तर्गतका क्लबबीच परिचयात्मक एवं फेलोशीप सम्पन्न

काठमांडौं । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर १२ अन्तर्गतका क्लबबीच परिचयात्मक एवं फेलोसिफ कार्यक्रम सम्पन्न भएको छ । विहिवार दियालो फुडल्याण्ड काठमांडौंमा सम्पन्न परिचयात्मक एवं फेलोसिफ कार्यक्रममा आगामी बर्ष २०२४/०२५ का लागि क्लस्टर १२ का रिजन/जोन अन्तर्गतका २० क्लबबाट करिव ७० जनाको उपस्थित रहेको थियो ।

क्लस्टर चिफ शारदा न्यौपानेको अध्यक्षता एवं संचालन रहेको कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन बर्ष २०२४/२५ का प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरद्वय पार्वती खरेल पाण्डे र सूर्यकुमार केसी, पिआरओ इन चिफ बिष्णुप्रसाद भण्डारी, डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर महेश पाण्डे, डिष्ट्रिक्ट को–चिफ एडभाईजर जनार्जन फुयाल, डिष्ट्रिक्ट एक्जुकेटिभ राजु चालिसे, एल सि आई एफ डिष्टि्क्ट को अर्डिनेटर रामहरी सिलवाल लगाएत सिनियर लायन्स लिड़रहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै, क्लस्टर अन्तर्गतका रिजन चेयरपर्सनद्वय इन्द्र केसी र दिनेश थापा, जोन चेयरपर्सनहरू गोमा दवादी, रेखा थापा, लैला श्रेष्ठ, प्रवीण भट्टराई, नर बहादुर खत्री(नविन), क्लस्टर अन्तर्गतका क्लव अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष एवं क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

२० वटा क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको उपस्थिति रहेको कार्यक्रममा क्लस्टर चिफ शारदा न्यौपानेले आगामी कार्यकाल लायन बर्ष २०२४/२५ का डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले ल्याएका वार्षिक कार्यक्रमका बारेमा प्रकाश पार्दै रिजन, जोन र क्लब अध्यक्ष सहित क्लब पदाधिकारीको काम कर्तव्य र अधिकारका बारेमा जानकारी सहित अध्यक्ष, जोन/रिजनसँग प्रतिबद्वता मागेकी थिईन् ।

खुला छलफल गरिएको कार्यक्रममा रिजन चेयरपर्सनद्वय इन्द्र केसी र दिनेश थापा, जोन चेयरपर्सनहरू गोमा दवादी, रेखा थापा, लैला श्रेष्ठ, प्रवीण भट्टराई, नर बहादुर खत्री(नविन) एवं क्लब अध्यक्षसहित पदाधिकारीले आफ्नो काम कर्तब्यप्रति सजक रहदै डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई हरप्रयासले कार्यान्वयन गराउन लागि पर्ने प्रतिबद्वता ब्यक्त गरेका थिए ।

परिचयात्मक एवं फेलोसिफ कार्यक्रममा प्रमुख आमन्त्रित ब्यक्तित्व डिष्ट्रिक्ट ३२५ आई नेपाल लायन बर्ष २०२४/२५ का प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले बाग्मती एरियामा पहिलो र विल्कुल नौलो क्लस्टर प्रमुख मिट भएको बताईन् । कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरेकोमा क्लस्टर प्रमुख न्यौपानेलाई बधाई दिदै पाण्डेले डिष्टिक्टले खोजेको जस्तो रिजन, जोन र क्लव पदाधिकारीहरूले उर्जा प्रदान गर्न सफल भएकोमा कार्यकाल सफलताको शुभकामना दिएकी थिईन् । भाईस गभर्नर पाण्डेले ओपन फोरममा उठेका जिज्ञासाहरुको सहजीकरण पनि गरेकी थिईन् । द्वितीय भाईस गभर्नर सूर्यकुमार केसीले रिजन/जोन चेयरपर्सन र क्लब अध्यक्षको काम कर्तब्यका बारेमा दायित्वबोध गराएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…