2Shares

पोखरा जोन को चौथो एडभाईजरी कमिटी मिटिङ, फेलोशिप एण्ड अवार्ड सेरोमनी सम्पन्न भएको । शुक्रवार लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत जोन को जोन चेयरपर्सन सान्त्वना पराजुलीले चौथो एडभाईजरी कमिटी मिटिङसँगै फेलोशिप अवार्ड सेरोमनी सम्पन्न गरेकी छन्

पराजुलीले जोन अन्तर्गतका वटा क्लबहरूले एकवर्षे कार्यकाल सफल बनाउन गरेको सहयोग उच्च सम्मान स्वरूप अवार्ड वितरण गरेको बताईन् 

डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले दिएका सबै जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्दै सबैको सहयोगबाट समूहगत रुपमा सामाजिक सेवाका कार्य गरी जिम्मेवारी पूरा गरेको पराजुलीले दावी गरिन्

अवार्ड वितरण एवं फेलोशिप समारोहका प्रमुख अतिथि लायन बर्ष २०२४/२५ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले लायन्समा लागेर समाज सेवा गर्नेलाई सधैँ प्रोत्साहन गर्नुपर्ने बताउदै डिष्ट्रिक्टलाई सफल बनाउन जोन चेयरपर्सन पराजुली सहित जोन अन्तर्गतका क्लबको योगदान महत्वपूर्ण रहेको बताए।

जोन चेयरपर्सन सान्त्वना पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा डिष्ट्रिक्ट पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट कोअर्डिनेटर अमृत प्रसाद तिवारी, पवित्रराज तिवारी, ऋषि गिरी, टंकराज अधिकारी लगायत डिष्ट्रिक्टका विभिन्न पदमा रहेका लायन लिडरको उपस्थिति रहेको थियो

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected