२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता

पोखरा । ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत अध्यक्ष चयन भएकी हुन । एशोसियसनको वरिष्ठ उपाध्यक्षमा चित्र कुमारी थापा, उपाध्यक्षमा सोमना शाक्य, महासचिवमा माया विश्वकर्मा र सह सचिवमा पुष्पा पौडेल सर्वसम्मत चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा कामना गुरुङ, मन्जु अधिकारी, विश्व श्रेष्ठ, शुष्मा गुरुङ र संकल्प श्रेष्ठ चयन भएका छन ।

त्यस्तै ब्यूटीपार्लर एशोसियसन कास्कीको अध्यक्षमा छाँया ढकाल, उपाध्यक्षमा सुनिता गुरुङ, सचिवमा शिशिर गोदार, उपसचिवमा हिमलादेवी गुरुङ, कोषाध्यक्षमा शान्ता लामिछाने र सह कोषाध्यक्षमा प्रभा वैद्य सर्व सम्मत चयन भएका छन । एशोसियसन कास्कीको सदस्यहरुमा शुसिला केसी, प्रमिला जोशी, टीका पुन, पूणर्कला गुरुङ र निकिता गुरुङ चयन भएका छन ।

त्यस्तै ब्यूटीपार्लर एशोसियसन लेखनाथ ईकाइको अध्यक्षमा शोभा पौडेल सर्वसम्मत चयन भएका छन । ईकाइको उपाध्यक्षमा पवित्रा गौतम, सचिवमा शिल्पा परियार, सह सचिवमा लक्ष्मी कुमाल र कोषाध्यक्षमा अमृता गुरुङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा रश्मी गिरी, सुस्मिता खड्का, पार्वती हरिजन, बिन्जु गोदार र अस्मिता परियार चयन भएका छन ।

उक्त अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आत्मनिर्भर बन्न र अर्थतन्त्रलाई नियन्त्रित गराउनका लागि ब्यवसाय गर्न आवश्यक रहेको बताए । बरालले ब्यूटीपार्लर पेशालाई राज्यले बेवास्था गरेको भनाइप्रति सहमत जनाउदै ब्यूटीपार्लर ब्यवसाय मार्फत राज्यको अर्थतन्त्रमा टेवा पुगेको हुँदा यस पेशा प्रति सरकार सकारात्मक भएर लाग्नुपर्ने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकीका महिला अध्यक्ष चिनु गुरुङले सौन्दर्य पेशामा महिलाहरुलाई सम्पर्कमा राखेर ब्यवशाय सञ्चालन गर्नुपर्ने भएकाले कोरोना लगायतका सरुवा रोगहरुको जोखिममा रहेको र सरकारले समेत सुचीकृत गरेको भएतापनि सरकारले त्यसबारेमा चासो नदेखाएको वताइन ।

कार्यक्रममा ब्यूटीपार्लर एशोसियसन गण्डकीका अध्यक्ष रुपकला श्रेष्ठले ब्यवशायीहरुले आफुहरुलाई समय अनुसार आफुहरुलाई अपडेट गर्न आवश्यक रहेको वताए । सौन्दर्य पेशामा प्रयोग हुने सामाग्रीहरु दिन प्रतिदिन अपडेट भएर आउने भएकाले ब्यवसायीहरुले विभिन्न तालिमहरुको माध्यमबाट अपडेट हुनुपर्ने उनको भनाइ रहेको थियो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…