२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

जोन ८ का क्लब पदाधिकारीको पदस्थापनसँगै पोखरा क्षेत्रको पहिलो चरणको पदस्थापन सम्पन्न

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको जोन ८ का क्लब पदाधिकारीको पदस्थापनसँगै पोखरा क्षेत्रको पहिलो चरणको पदस्थापन सकिएको छ ।

अगस्ट १ देख़ि सुरू भएको पोखरा क्षेत्रको पहिलो चरणको पदस्थापन ७ वटा जोनको २८ वटा क्लबहरूको पदस्थापन सकिएको पोखरा क्षेत्रका पदस्थापन संयोजक डिष्ट्रिक्ट सेक्रेटरियट हरिराज पन्तले जानकारी दिए ।

सोमवार पोखरा क्षेत्रको अन्तिम पदस्थापन जोन ८ अन्तर्गत क्लबहरूको पदस्थापन गरिएको हो । यस अघि काठमांडौ क्षेत्रका विभिन्न ३५ वटा क्लबको पदस्थापन सम्पन्न भई सकेको छ भने मंगलवारदेख़ि काठमांडौ क्षेत्रको दोस्रो चरणको पदस्थापन सुचारु हुने पन्तले बताए ।

जोन ८ अन्तर्गतका क्लब लायन्स क्लब अफ पोखरा फर्निसिङ, साधना, प्रोफेसनल, स्मार्ट र महाशिलाको पदस्थापन गराउँदै डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले लायनवादलाई स्थापित गराउन क्लबहरूको प्रमुख भूमिका हुने बताए । डिष्ट्रिक्टको मूल नारा ह्युमानिटी फस्ट अन्तर्गतका कार्यक्रमलाई प्राथमिकता राखिएको गभर्नर ढुङगानाले बताए ।

प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले नयाँ स्थापित क्लब र नयाँ सदस्यहरूलाई स्वागत सहित सपथ ग्रहण गराउँदै लायनवादको मूल मर्मलाई आत्मसात गरेर प्रतिबद्ध भएर सेवाका कार्य गर्न आग्रह गरेकी थिईन् ।

पोखरा फ़र्निसिङका अध्यक्ष मदन केसीको अध्यक्षतामा सम्पन्न पदस्थापन समारोहमा डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, फ़र्निसिङका संस्थापक अध्यक्ष रहमोहन सुवेदीलगाएतले शुभकामना मन्तव्य सहित आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा जोन ८ अन्तर्गतका क्लबका अध्यक्षहरू  मदन के.सी, सीता पौडेल, शोभाकान्त पौडेल र रामकृष्ण बानियाले कार्यसम्पादन प्रतिवेदन र वर्तमान अध्यक्षहरू गोविन्द शर्मा, सुनिता गुरूङ, पवित्रा थापा मगर, रामकृष्ण बानिया विष्णु अधिकारीले भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…