172Shares

पोखरा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर रिजन ६, जोन १२ क्लबहरूको संयुक्त पदस्थापन तथा सपथग्रहण समारोह सम्पन्न भएको

जोन १२ अन्तर्गतका क्लब लायन्स क्लब अफ पोखरा पिस सिटी, पोखरा बाराही टाउन पोखरा राईजिङ सन र नयाँ उद्घाटन भएका क्लब पोखरा गगन टुरिजम क्यापिटलको आइतवार पदस्थापन गराउँदै डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले लायनवादलाई स्थापित गराउन क्लबहरूको प्रमुख भूमिका हुने बताए

ह्युमानिटी फस्ट डिष्ट्रिक्टको मूल नारा अन्तर्गत प्राथमिकता क्रममा राखिएका कार्य गर्न जोड दिँदै उनले पदस्थापित क्लबलाई सदस्यतासँगै क्लब वृद्धिमा समेत ध्यान दिन आग्रह गरेका थिए । विभिन्न संघसंस्थासँग मिलेर सामाजिक कार्यमा हातेमालो गर्न सुझाव दिँदै डिष्ट्रिक्ट गभर्नर ढुङगानाले सेवाका कार्यसँगै डिष्ट्रिक्टले अघि सारेका मुख्य कार्यक्रमहरू अपाङगता, लायन्स पाठशाला, फुड बैक, क्लोथ बैक, पढ़ाउँ अभियानलगाएत विभिन्न क्षेत्रमा योगदान गर्न समेत जोड दिए

प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले नयाँ स्थापित क्लब नयाँ सदस्यहरूलाई स्वागतसहित सपथ ग्रहण गराउँदै लायनवादको मूल मर्मलाई आत्मसात गरेर प्रतिबद्ध भएर सेवाका कार्य गर्न आग्रह गरेकी थिईन्

त्यस्तै डिष्ट्रिक्टका क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले सेवासँगै योगदानलाई समेत प्राथमिकतामा राख्नु पर्नेमा जोड दिदै लायनवादको महत्व सचिवालयले सम्पादन गरेका बिषयमा आफ्नो भनाई राखेका थिए

कार्यक्रममा जोन १२ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा पिस सिटी बाराही टाउन, राईजिङ सनका निवर्तमान अध्यक्षहरू युवराज खनाल, एनशोभा गुरूङ राज कुमार ढकालले कार्यसम्पादन प्रतिवेदन वर्तमान अध्यक्षहरू दीपेन्द्र चालिसे, चन्द्रकुमारी नगरकोटी अन्जना गिरीले भावी कार्ययोजना प्रस्तुत गरेका थिए भने नयाँ उद्घाटित क्लब पोखरा गगनका अध्यक्ष खेमराज अधिकारी टुरिजम क्यापिटलका अध्यक्ष कृष्ण प्रसाद आचार्यले लायन्समा जोड़िन पाउँदा गर्व महशुष भएको भनाई राखेका थिए ।

कार्यक्रममा पहिलो सत्रको अध्यक्षता पिस सिटीका निवर्तमान अध्यक्ष युवराज खनाल दोस्रो सत्रको अध्यक्षता बाराही टाउनका अध्यक्ष चन्द्रकुमारी नगरकोटीले गरेका थिए

सो अवसरमा पिस सिटीका संस्थापक अध्यक्ष सुदीपराज ढुङगानाले स्वागत राईजिङ सनका संस्थापक अध्यक्ष सूर्य चपाईले धन्यवाद बाराही टाउनका संस्थापक अध्यक्ष कृष्ण श्रेष्ठ रोजीले राष्ट्रिय ध्वजाको अभिवादन पाठ गरेको कार्यक्रममा बाराही टाउनका सचिव रीता राना राईजिङ सनका सचिव अनिल कोईरालाले कार्यक्रम संचालन गरेका थिए

समारोहका साना साना नानीहरू अनामिका नगरकोटी, सोनाक्षी ढुङगाना र दीक्षा चालिसेले नृत्य प्रस्तुत गरेका थिए ।

172Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected