२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

नेपाल लायन्स डे को दिनमा पुराना सदस्य किशनलाल दुगड सम्मानित

पोखरा । नेपाल लायन्स डे (अगस्ट ९ तारिख)को दिनमा लायन्सका पूराना सदस्य किशनलाल दुगडलाई सम्मान गरिएको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तर्फबाट लायन्स अन्तर्राष्ट्रियका एल सि आई एफ एरिया लिडर राजन लम्साल र डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले शुक्रवार दुगडलाई सम्मान गरेका हुन् । 

नेपालमा लायन्स अन्तर्राष्ट्रिय स्थापना भएको अगस्ट ९ तारिखलाई नेपाल लायन्स डे को रूपमा मनाईन्छ । लायन्स क्लब अफ विराटनगरका संस्थापक सदस्य रहेका दुगडलाई काठमांडौ, डिल्लीबजारस्थित के.एल.दुगड ग्रुपको कार्यालयमा पुगि लम्साल र ढुंगानाले संयुक्त रूपमा सम्मान गरेका थिए ।सम्मान पत्रमा भनिएको छ,

”प्रथम विश्वयुद्ध पछि विश्वमा मानवता तथा भाईचाराको माध्यमबाट समाजको हितमा काम गर्ने पवित्र उद्देश्य राखि सन् १९१७ मा स्थापना भएको अन्तर्राष्ट्रिय लायन्सको नेपालका तात्कालिन प्रधानमन्त्री स्व. मात्रीका प्रसाद कोईरालाज्यूले संस्थापक अध्यक्ष बनेर स्थापना गर्नुभएको नेपालको पहिलो क्लब, लायन्स क्लब अफ बिराटनगरका संस्थापक सदस्य तपाई आदरणिय लायन किसनलाल दुगड ज्यूले नेपालको लायन्सलाई हालको अवस्थासम्म ल्याउन खेल्नुभएको भुमिकाको उच्च कदर गर्दै आगामी दिनमा यहाँको निरन्तर अभिभावकत्व र प्रेरणा हामीलाई प्राप्त हुने विश्वास सहित लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल हार्दिक कृतज्ञता व्यक्त गर्दै यो सम्मान पत्र प्रदान गर्दछौ।”

१९७१ अगस्ट ९ तारिखका दिन नेपालका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले नेपालको पहिलो लायन्स क्लब लायन्स क्लब अफ विराटनगर’ स्थापना गरी नेपालमा लायन्स भित्राएका थिए ।

२० जना सदस्य सहित संस्थापक अध्यक्ष मातृकाप्रसाद कोईराला रहेर ५४ बर्ष अघि खोलिएको क्लबमा हाल संस्थापक सदस्यमा मूलचन राठी र किशनलाल दुगड मात्र पूराना लायन्स सदस्य रहेका छन् ।

सम्मान ग्रहण पछि छोटो प्रतिक्रिया दिदैं दुगडले भने,

“म आफुलाई साह्रै भाग्यमानी मान्दछु, ५४ बर्ष पहिले२० जना सदस्यबाट सुरु भएको सानो क्लब नेपालमा बिस्तृत रूपमा फैलिएर दुई हजार क्लब ४५ हजारसदस्य सेवा गर्न पाएका छन् । “हामी सेवा गर्छौं” भन्ने मूल मन्त्रका साथ हामीले सुरु गरेको यस सेवाको अभियानलाई अझ सशक्त ढङ्गले मर्यादित बढाउँदै लैजानुहोस्, आफूभन्दा कमजोरहरूलाई आफूले गर्नसक्ने सहयोग गर्नुहोस् । सेवाका कार्यमा कहिल्यै पछि हट्नु हुँदैन लायन्स क्लबको नाम सधै उच्च राख्नेकाम गर्नुहोस् । नयाँ पुस्तालाई एक संस्थापकको नाताले मेरो अनुरोध छ ।”

यो सन्देश सबै लायन्स सदस्यसम्म पुर्रयाइदिनुहोला ।

नेपालमा लायन्स अन्तर्राष्ट्रिय ३२५ मल्टीपल डिष्ट्रिक्ट अन्तर्गत १५ वटा डिष्ट्रिक्ट रहेका छन् । जसमा करिव २ हजार क्लब मार्फत् ४५ हजार बढी सदस्य समाज सेवामा सक्रिय रहेका छन् ।

लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालका अनुसार लायन्सकर्मीहरुले आज नेपाल भर खुशीयाली साटेर स्थापना दिवस मनाईरहेका छन् । लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटी, एलसिआईएफ एरिया लिडर राजन लम्साल, मल्टीपल काउन्सिल चेयरपर्सन रमेश लामा, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीलगाएतले सामाजिक संजाल फेसबुकको माध्यमबाट शुभकामना सन्देश प्रवाह गरी नेपाल लायन्स दिवसको शुभकामना साटासाट गरेका छन् ।

सामाजिक संजाल मार्फ़त शुभकामना दिदै  मल्टीपल काउन्सिल चेयरपर्सन रमेश लामाले नेपालमा लायन्सको स्थापनासँगै समाजसेवामा पुर्रयाएको योगदानको खुलेर प्रशंसा गर्दै नेपाल लायन्स दिवसको शुभकामना दिएका छन् ।

IMG_9899.jpeg

लायन्स क्लबले नेपालभरका १५ डिष्ट्रिक्बाट १९९३ भन्दा बढी क्लबमा विस्तार गरिसकेको छ । लायन्स साथीहरू, आउनुहोस्, यो स्मरणीय अवसरमा नेपाल लायन्स दिवस मनाऔं। लामाका अनुसार आज साँझ देशैभरी ठाउँठाउँमा दीप प्रज्ज्वल गरिंदैछ ।

सामाजिक संजालमा भेटिए अनुसार डिष्ट्रिक्ट ३२५ ई नेपालका डिष्ट्रिक्ट गभर्नर रामशरण बस्नेतले लायन्स डे को अवसर पारी डिष्ट्रिक्टमा ५१ वटा कार्यक्रम गर्ने गरी डिष्ट्रिक्ट को–अर्डिनेटरलाई जिम्मेवारी प्रदान गरिएकोमा उत्साहपूर्ण ढंगले त्यो भन्दा बढ़ी १०० को हाराहारीमा कार्यक्रम सम्पन्न भएकोमा सर्भिसप्रतिको यो अपार माया र समर्पणप्रति नतमस्तक भई सम्मान व्यक्त गर्दै सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…