0Shares
पोखरा भ्यूज
काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देलले शुक्रवारबाट कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेका छन् । सिग्देलले मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलबाट साउन २५ गतेको मितिबाट सो जिम्मेवारी सम्हाल्ने अख्तियारी पाएका थिए ।
सिग्देललाई बिहीबार प्रधानसेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डामा आयोजित एक समारोहकाबिच प्रधान सेनापतिको कार्यभार बरबुझारथ गरेका छन् ।
नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गरेका शर्मा भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश हुन लागेका छन् । यद्यपि सेनाको प्रचलित परम्परा अनुसार शर्मा शुक्रवारबाट बिदामा बसेकाले सिग्देलले कायममुकायमको जिम्मेवारी पाएका हुन् ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।