२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरशिक्षासाहित्य

नेपाली विभागमा छात्रवृत्ति वितरण तथा परिचर्चा

पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय छात्रवृत्ति वितरण तथा साहित्यक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।
विभागले बिहीवार एक समारोहबीच छात्रवृत्ति वितरण र साहित्यकार तीर्थराज अधिकारीको नवौं कृति ‘यो कसको हात हो’ दोस्रो संस्करणको परिचर्चा एकैसाथ आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि निमित्त क्याम्पस प्रमुख शंकरनाथ पौडेल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिना, छात्रवृत्ति संस्थापक कृष्णप्रसाद पौडेल, राधादेवी पौडेल, तीर्थराज अधिकारी, सीतादेवी अधिकारीले संयुक्तरूपमा उक्त छात्रवृत्ति अर्पण गरे ।
पूर्व विभागीय प्रमुख कृष्णप्रसाद पौडेलद्वारा आफ्ना बुबा शालिकराम पौडेलको स्मृतिमा स्थापित शालिकराम-कृष्ण पौडेल छात्रवृत्ति जमुना कुमारी रिजालले प्राप्त गरेकी छन् । यसैगरी, मुक्तकमणि तीर्थराज अधिकारीद्वारा स्थापित सीता-तीर्थ छात्रवृत्ति शिवप्रसाद पौडेलले प्राप्त गरे ।
उनीहरूलाई जनही पाँच हजार एकसय नगद, दोसल्ला र प्रमाणपत्रसहित छात्रवृत्ति प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि निमित्त क्याम्पस प्रमुख शंकरनाथ पौडेलले ३४ विषयमा प्राध्यापन गराउने पृथ्वीनारायण क्याम्पसमा नेपाली विभागको गौरव र गरिमा क्याम्पसले गर्व गर्न लाएक रहेको बताए ।
प्रमख पौडेलले तीर्थराज अधिकारीले विभागप्रति देखाएको हार्दिकता र स्नेह भाव अनुकरणीय रहेको धारणा राख्दै भने- ‘राजनीतिक, सामाजिक, साहित्यिक क्षेत्र मात्र नभएर शैक्षिक क्षेत्रमासमेत योगदान दिएका अधिकारीको योगदान स्तुत्य छ ।’
निमित्त क्याम्पस प्रमुख पौडेले पुरस्कृत भाइबहिनीलाई अझ मेहनत गरेर अगाडि बढ्न सुझावसमेत दिए ।
शालिग्राम-कृष्ण पौडेल छात्रवृत्तिका संस्थापक कृष्णप्रसाद पौडेलले विभागीय छात्रवृत्तिबारे जानकारी गराउँदै अधिकारी र पौडेल परिवारद्वारा स्थापित अक्षयकोषको व्याजबाट छात्रवृत्ति वितरण गर्दै आइएको र आगामी दिनमा छात्रवृत्ति रकम क्रमशः वृद्धि गर्दै लैजाने बताए ।
‘यो कसको हात हो’ कृतिको परिचर्चा गर्दै पौडेलले तीर्थराज अधिकारीलाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाए । उनले अधिकारी जस्ता भावना भएका स्रष्टा साधकको संख्या समाजमा बढ्ने हो भने देशको समग्र क्षेत्रमा सुधार र प्रोत्साहनका नमुना देख्न पाइने धारणा पनि राखे ।
सीता-तीर्थ छात्रवृत्तिका संस्थापक तीर्थराज अधिकारीले सेवा गर्न पाउनुमा आनन्द अनुुभूति हुने बताए । समय र परिस्थितिका कारण मात्र नभएर कहिलेकाहीँ स्वभावले दुःख पाएको स्मरण गर्दै अधिकारीले भने- ‘२०२७ सालमा ४० रूपैयाँ सहयोग गरेका मित्रले ५० वर्षपछि सम्झे, किनकि हामीले जस्तो भावनाले बिऊ रोपिन्छ त्यस्तै फल फल्छ ।’
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका विषयमा बोल्दै अधिकारीले अनेसासको एउटै मात्र चिन्तन नेपाली भाषा, साहित्यको संरक्षण र स्रष्टालाई प्रोत्साहन रहेको बताए । उनले साहित्य सिर्जनामा लाग्नेहरूले निर्माण गरेको पर्खालले आफ्नै चेतनालाई कैद गर्ने भएकाले हरेक स्रष्टाले फराकिलो चिन्तन बोकेर हिँड्नुपर्नेमा जोड दिए ।
विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिनाले मानविकी संकायमा विद्यार्थीको संख्या कम हुँदै गएको अवस्थामा विभागीय अक्षयकोषले विद्यार्थीलाई प्रोत्साहन मिल्ने धारणा राखे ।
विभागीय सदस्य डा. लक्ष्मीशरण अधिकारीले पृथ्वीनारायण क्याम्पसमा पढेका विद्यार्थी अब्बल छन्, उनीहरूमा प्रचुर क्षमता र सम्भावना छ भन्ने कुरामा विभागका पूर्व विद्यार्थीको मेहनतले पनि देखाएको बताए ।
विभागीय सदस्य डा. श्रीधर न्यौपानेले विभागले दुवै छात्रछात्रालाई मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीन कार्यालयद्वारा लिइएको नेपाली स्नातकोत्तर प्रथम सत्रको परीक्षाका आधारमा सर्वोत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए ।
छात्रवृत्ति प्राप्त गर्ने शिवप्रसाद पौडेल र जमुना कुमारी रिजालले छात्रवृत्तिले आफ्नो जीवनलाई शिक्षासँग समर्पित गरेर अगाडि बढ्नका लागि प्रोत्साहन मिलेको बताउँदै संस्थापकप्रति आभार व्यक्त गरे ।
विभागद्वारा सञ्चालित छात्रवृत्तिबाट यसअघि वसन्त खनाल, मिलन नेपाली, रामबहादुर माल, तारानाथ पराजुली, भोजमाया गुरुङ, विष्णुप्रसाद काफ्लेले प्राप्त गर्न सफल भएको सो अवसरमा जानकारी गराइएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…