२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरस्थानिय समाचार

चालु आ.व.को बजेट बिनियोजनमा वालिङका नागरिक असन्तुष्ट

स्याङ्जा । वालिङ नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि बिनियोजन गरेको बजेटप्रति नागरिकहरुले असन्तुष्ट जनाएका छन् । बजेटले नागरिकका योजनाहरु नसमेटिएको भन्दै असन्तुष्ट जनाएका हुन् । चालु आर्थिक बर्षको बजेटले गौरवका आयोजना समेत नसमेट्ने र टुक्रे योजना बनाई नगरपालिकाको बृहत्तर विकासमा असर परेको भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।

वालिङ नगरपालिकाको राजधानीको रुपमा रहेको ८ नम्वर वडाका नागरिकहरुले वडा अध्यक्ष र नगर प्रमुखलाई अल्टिमेटम सहितको ज्ञापनपत्र समेत बुझाएका छन् ।

२०५३ सालदेखी वालिङ बजारको रिङ्रोडको रुपमा रहेको खरिबोट (मिर्दी), भिमटारी, विपिचोक हुदै डुम्रीकोट सडक दुईबर्ष देखी अलपत्र रहेकाले यो सडक तुरुन्त निर्माण कार्य शुरु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । संघर्ष समितिका संयोजक हुमनाथ अर्याल (बचन) ले यो सडक नगरपालिकाको गौरवको योजना रहेको भन्दै यस सडक निर्माण कार्यमा नगरपालिका गम्भीर नभएको आरोप लगाएका छन् ।

मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सिंहदरबारको अधिकार गाउँ—गाउँमा पुग्ने अपेक्षा नागरिकले गरेका थिए तर गाउँगाउँमा पुगेका सिंहदरबारहरु भष्ट्रचारमा लिप्त हुन थालेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

स्थानीय तहलाई जनताको घरदैलोको सरकारको रुपमा लिएका छौं ज्ञापनपत्रमा भनिएको छ,‘नागरिकको आवश्यकता भन्दा पनि जनप्रतिनिधिले लाभलिने योजनालाई प्रथामिकतामा दिन थालिएको महशुष गरिएको छ ।’ जसले गर्दा नगरपालिकाको गौरवाका आयोजना अलपत्र पार्ने र जनप्रतिनिधिले लाभ लिने कार्य बन्द गर्नुपर्छ वडावासीको तर्फबाट संयोजक अर्यालले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाको १६ औं नगरसभाबाट सार्वजनिक भएको बजेटमा उक्त सडक बनाउने प्रतिवद्धता ७ दिनभित्र दिन नसकेमा वडा कार्यालय सहित नगरपालिकामा समेत तालाबन्दी गर्ने चेतावनी वडावासीले दिएका छन् । तालाबन्दी पछि नागरिकमा पर्ने असुविधाको वडा कार्यालय र नगरपालिका जिम्मेवार हुनुपर्ने समेत वडावासीले चेतावनी दिएका छन् ।

वडावासीको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख कृष्ण खाँणले सिमित साधनश्रोतले नगरको विकासमा भनेजस्तो काम गर्न नसकिएको उल्लेख गरे । नगरपालिकाकै पुरानो यो सडक निर्माणका लागि नगरपालिकाले छिट्टै निकास दिने प्रतिवद्धता समेत व्यक्त गरे । वालिङ नगरपालिकाले ३ ओटा सडकलाई प्रथामिकतामा राखेको छ ज्ञापनपत्र बुझ्दै नगर प्रमुख खाँणले भने,‘प्रथामिकतामा राखेका सडक निर्माणका लागि प्रदेश र संघिय सरकारसगँ माग गर्ने योजनामा छौं ।’ जनप्रतिनिधिलाई झकझक्याउने काम गरेकोमा वडावासी धन्यवादको पात्र हुनुभएको छ उनले भने ।

वडा नम्वर ८ का वडा अध्यक्ष दामोदर तिवारीले वडावासीको माग प्रति आफु गम्भीर रहेको बताए । नगरपालिकामा प्रयाप्त बजेट नहुँदा सडक बनाउन ढिलाई भएको तिवारीको भनाई छ । वडावासीले दिएको सुझावलाई आफुले अनुसरण गर्दै यो सडक निर्माणमा वडा कार्यालयको पुणर् सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । वालिङ नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि ९६ करोड १४ लाख ४१ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । जनप्रतिनिधिहरुको बिवादका कारण अहिले सम्म पनि बजेट पारित नभएको बताइएको छ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…