२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

‘स्पा पर्यटनको अभिन्न अंग’

पोखरा । गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले स्पा पर्यटनको महत्वपूर्ण पाटो भएको बताएकी छन् । नेपाली हिन्दु महिलाहरुको महान चाँड तिजको अवसरमा स्पा एशोसियसन नेपालले आफ्ना सदस्य तथा स्पामा कार्यरत महिलाहरुका लागि मंगलबार आयोजना गरेको दर खाने कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै उनले भनिन्,‘पोखरा पर्यटनको राजधानी हो । यहाँ आउने प्राय पर्यटक साहसिक खेलकुदका लागि आउँछन् । अनि खेलेर थाकेपछि शरिरलाई पुर्नताजगी बनाउन स्पा महत्वपूर्ण छ ।’ उनले स्पालाई व्यवसायीकरण गर्न सकेमा आम्दानीको राम्रो श्रोत बनाउन सकिने बताईन् ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा अग्रज पर्यटन व्यवसायी अग्नी कँडेलले स्पा पर्यटनको अभिन्न अंग भएकाले यसको व्यवसायीकरणमा जोड दिनुपर्ने बताए । स्पामा हुने यदाकदाका घटनाले स्पाप्रति समाजमा नकारात्मक धारणा बनेकाले यसलाई चिरेर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।
स्पा एशोसियसन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठले स्पाका बारेमा भ्रम सिर्जना भएको बताए । स्पा सुरक्षित र मर्यादित नै रहेको बताउँदै उनले यदाकदा हुने घटनालाई लिएर समग्र स्पा व्यवसायप्रति नकारात्मक धारणा नबनाउन आग्रह गरे । उनले स्पाको आचारसंहिता बनाइएको र सोहि अनुसार सञ्चालन भइरहेको भन्दै त्यसबाहेकका गतिविधि भए कारवाहीको दायरामा ल्याउन आफूहरु तयार रहेको बताए ।
एशोसियसनका सचिव चित्रबहादुर गुरुङले स्पाका लागि पोखरा गन्तव्य बन्नसक्ने बताए । तर यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा स्पा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी तथा स्पामा कार्यरत महिला कर्मचारीहरुलाई दर खुवाइएको थियो । सो अवसरमा महिला दिदी बहिनीहरुले तिज गीतमा नाचेर रमाइलो गर्नुका साथै आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…