२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
अर्थ र वाणिज्यव्यक्ति विशेष

पोउवा अध्यक्षमा गोकर्ण कार्कीको मनोनय दर्ता : अस्पतालबाट भने, ‘घरदैलोमा आउँन सकिन माफ गर्नुहोला’

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यहि महिनाको २८ र २९ गते हुन लागेको पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा उनले अस्वस्थताका बिच पोखरा ४ गैह्रापाटनस्थित संघको कार्यालयमा पुगि मनोनयन दर्ता गरेका हुन् । डेंगुका कारण फिस्टेल अस्पतालमा उपचारत कार्कीले मनोनयन दर्तासँगै व्यवसायिहरुसँग माफि मागेका छन् । व्यवसायिक बिच पुग्नुपर्ने समयमा अस्पताल बस्नुपरेको भन्दै उनले माफि मागे । निको भएलगत्तै सकेसम्म सबैको घरदैलोमा पुग्ने कार्कीले बताए । संघमा हाल वरिष्ठ उपाध्यक्ष रहेका कार्कीले प्राकृतिक न्यायको सिद्धान्तले आफुलाई अध्यक्षको दाबेदार बनाएकाले पनि मनोनयन दिएको सुनाए ।
‘विरामी हुँदा हुँदै पनि म निरन्तर संघमा क्रियाशिल रहेकाले नेतृत्वमा पुग्नुपर्छ, अहिले म वरिष्ठ उपाध्यक्ष भएकाले प्राकृतिक न्यायको सिद्धान्त पालनको हिसाबले पनि अध्यक्ष पदमा मैले उम्मेदवारी मनोनयन दर्ता गराएको हुँ’ उनले भने, ‘व्यवसायि साथिहरुको समस्या बुझेको छु । नेतृत्वमा हुँदा धेरै समस्या समाधान गर्न सकिन्छ त्यसैले पनि आम व्यवसायिको मर्का बुझेर नै मैले अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको छु ।’ केही दिन उपचारमा रहने र निको भएपश्चात सकेसम्म हेरक व्यवसायिको घरदैलोमा पुग्ने र स्वास्थ्यले साथ नदिउन्जेल भौतिक रुपमा नभइ सामाजिक सञ्जाल वा फोनमार्फत हरेक व्यवसायिकमाझ पुग्ने सुनाए ।
व्यवसायिको क्षेत्रमा ५५ सालमा संघको साधारण सदस्य रहेका उनी विभिन्न उपसमितिहरुमा रहँदै ७३ सालमा उद्योग उपाध्यक्ष २ कार्यकाल विताइसकेको छन् । यस्तै वरिष्ठ उपाध्यक्ष एक कार्यकाल कुशलता पूर्वक जिम्मेवारी पुरा गरेका छन् ।
सोही अनुभव र अन्य संघ संस्थाको अनुभवलाई समेत अब नेतृत्व तहमा बसेर पोखराको गर्विलो इतिहास बोकेको जेठो संस्था पोउवा संघलाई ्व्यवसायिहरुको सुख दुखमा साथ दिने, आइपरेका समस्या बारेमा दरिलो भएर काम गर्ने चाहाना भएको उनी सुनाउँछन । कार्की भाषण र बोलेर मात्रै काम हुन्छ भन्ने पक्षमा छैनन् । काम गर्ने स्वभावका उनी व्यवसायिमाझ निकै लोकप्रिय छन् । उपचारमा रहेका उनले अस्पतालबाटै आफुलाई यस अघि जसरी अध्यक्षमा एक पटक अमुल्य मत दिई नेतृत्वको जिम्मेवारी दिन सबै व्यवसायिमाझ अपिल समेत गरे ।
मिलनसार र शान्त स्वभावका कार्की मनोनयनका लागि पुग्दा संघका पदाधिकारीहरुले स्वास्थ्य लाभका कामना गरे । सोही क्रममा अर्का अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेललाई समेत उनले शुभकामना दिदैँ मित्रभाव प्रकट गरे ।

Read more

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…