२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
अर्थ र वाणिज्य

पोउवाका अध्यक्षका प्रत्यासि कार्किले भने, निर्विरोध भएका साथीहरुलाई वधाई

पोखरा । हाम्रा केहि साथीहरु निर्विरोध निर्वाचित भईसकेका छन् । यो अति नै खुसिको कुरा हो । पोखराको व्यावसायीक क्षेत्रको जेठो साझा संस्थामा साझा मुद्धामा हामी
एकाकार भएर काम गर्दै आईरहेका छौं । कठिन परिस्थितिसंग जुध्दै, वकालत गर्दै व्यवसायीहरुकैबीचमा उहाँहरुकै मार्गनिर्देशन अनुसार अगाडी बढीरहेको छु ।
भर्खरै डेङ्गोको उपचार गरी घर फर्किएका पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासि गोकर्ण कार्किले भने, म अब पदमा जाने भनेको अध्यक्ष नै हो । स्वतः प्राकृतिक न्यायको सिद्धान्तलाई अंगिकार गर्ने हो भने र साथीहरुको हौसलाले म त्यो पदमा पुग्न सक्छु भन्ने कुरामा विश्वस्त रहेको छु ।
झण्डै तीन दशकदेखि पोखरा उद्योग वाणिज्य संघमा जोडिएर आएको छु । ३४ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष बनाएका हाम्रा मतदातले स्वतः यसपाली तपाँई नै हो भनिरहनु भएको छ । आशा छ त्यो लग्क्ष्यमा मलाई पुर्याउनु हुनेछ ।
अग्रजले देखाएको बाटो, उहाँहरुले जोगाएको संघको साखलाई म कदापि कमि हुन दिनेछैन । २०५५ सालमा संघमा सदस्यको रुपमा प्रवेश गरेका कार्किले भने, अध्यक्ष पदको प्रत्यासि बनिरहँदा मैले हालसम्म आर्जन गरेको अनुभव, सामाजिक संस्थाहरुमा दिएको योगदान र देशविदेशको भ्रमणबाट सिकेको ज्ञानलाई व्यावसायीक क्षेत्रमा लगाउने दृढ ईच्छा छ ।
मेरो लक्ष्य कर्मठ र इमान्दार भएर व्यवसायीकै हकहित, सुख, दुःखको साथी बन्नु हो । उद्योगी, व्यवसायीहरुकै उत्थानको लागि अमनचयनका साथ व्यवसाय गर्न पाउने वातावरण निर्माणका लागि हातेमालो गरेर जानु हो । त्यसैले मलाई ३१ औं, ३३ औं र ३४ औं महाधिवेशनका दिनु भएको माया यसपटक अध्यक्षका लागि पाउछु भन्नेमा पूर्ण रुपमा विश्वस्त भएको छु ।
मैले गर्न सकिने कुराहरु मात्रै गरेको छु । मेरो ११ बुँदामा समेटिएका कुराहरु हाम्रा साझा कुरा हुन् । यीनिहरुको परिपुरणको लागि मात्र एकपटक यहाँहरुको साथ चाहिएको छ ।
पुराना संस्तथागत असल कार्यहरुलाई निरन्तरता दिने, संघलाई मर्यादित र व्यवसायीलाई सम्मानित हुने वातावरण बनाउने मेरो लग्क्ष रहेको छ कार्किले भने ।
हामी पर्यटकिय राजधानीमा रहेकोले यहाँ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, औद्योगिकरण र उत्पादित बस्तुहरुको बजारिकरणमा मात्रै ध्यान दिन सके तथा
व्यवसाय संचालनका लागि वित्तीय जोहो र वातावरण राम्रो नभई संभव हुँदैन । बैंक, वित्तीय क्षेत्रका समस्याहरुको उचित निकासको लागि नियामक निकायहरुसंग हरदम प्रतिफल आउने गरी काम गर्ने लक्ष्य रहेको सुनाए ।
पोखरामा एयरपोर्ट बनाउन संघको अगुवाईमा गरिएको संघर्ष, ७६ दिनसम्मको अनसन ताजै छ । अहिले एयरपोर्ट पनि तयार भईसकेको र आन्तरक उडान मात्रै भईरहेकोमा यसलाई नियमित रुपमा अन्तराष्ट्रिय उडानको प्रत्याभूतिका लागि लागिरहने र उत्पादनका क्षेत्रहरुको पहिचान गरी उद्यमशिलताको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु, कार्किले भने ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…