२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट बैठकको तयारी पूरा

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट बैठकको तयारी पूरा भएको छ । शुक्रवार र शनिवार गरी दुई दिनसम्म संचालन हुने बैठकको पहिलो दिन पोखराको माटेपानीस्थित एसआर केसी क्याटरिङको सभा हलमा हुनेछ भने दोस्रो दिन खुला सत्रको कार्यक्रम पोखरा सभागृहमा हुनेछ ।

शुक्रवार क्याविनेट अफिसरहरूको बिजनेस सेसन सहित कार्यसम्पादनको मूल्याङकन र आगामी दिनमा डिष्ट्रिक्ट अन्तर्गतका क्लबहरुले समाजमा गर्नुपर्ने सामाजिक उत्तरदायित्वका बारेमा समीक्षा हुनेछ । दोस्रो दिन शनिवार सम्पूर्ण लायन्स सदस्य सम्मिलितको फ़ेलोशिपसहितको खुला सत्रमा उत्कृष्ट कार्य गर्ने लायन्स सदस्यहरूलाई सम्मान सहित कार्यक्रम समापन हुने क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारीले बताए ।

डिष्ट्रिक्टले तीन महिनाको (जुलाई, अगस्ट र सेप्टेम्बर) समयावधिमा समाज सेवाका लागि गरेको गतिविधिहरुको समीक्षा र भावी रणनीति बारे लायन्सका विभिन्न पदाधिकारी बीच छलफल हुनेछ । बैठकमा डिष्ट्रिकका पदाधिकारीसहित क्लस्टर चिफ, रिजन र जोन चेयरपर्सनहरुले आ–आना प्रतिवेदन प्रस्तुत गरी भावी कार्यनितिका वारेमा क्याबिनेट पदाधिकारीलाई जानकारी गराउने र त्यस्को सम्पूर्ण तयारी सकिएको सेक्रेटरी तिवारीले बताए ।

बैठक सम्पन्न गर्नका लागि डिष्ट्रिक्ट चिफ एडभाइजर शैलेन्द्र मोहन भट्टराई संयोजकत्वमा मूल आयोजकसमिति गठन गरिएको छ । सो समितिमा विभिन्न १९ उपसमिति बनाइएको छ ।

समितिको सहसंयोजकमा डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्त र फाइनान्सियल एडमिनिट्रेटर सूर्यनारायण बराल रहेका छन् भने को–चिफ एडभाईजरहरू ऋषि गिरी सचिव, शान्ता थापा भण्डारी कोषाध्यक्ष र सहसचिवमा अमृत शोभा खत्रीलाई जिम्मेवारी दिईएको छ ।

बैठकमा डिष्ट्रिक्टका १ हजार ५ सय लायन्स सदस्य सहभागी हुने अनुमान गरिएको दोस्रो क्याबिनेट बैठक मूल आयोजक समितिका संयोजक शैलेन्द्र मोहन भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार बैठकको सबै तयारी पूरा भएको छ ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न हुने क्याविनेट बैठकको दोस्रो दिनमा डिष्ट्रिक्ट ३२५ आई नेपालका १२ जिल्लाका लायन्स लिडर एवं सदस्यको उपस्थिति रहने क्याबिनेट बैठक मूल आयोजक समितिका सह–संयोजक हरिराज पन्तले बताए ।

डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाको यस बर्षको नारा ‘मानवता पहिलो प्राथमिकता’ अन्तर्गत रहेर कार्यक्रम अघि बढाइ रहेको डिष्ट्रिक्टले प्राप्त गरेको उपलब्धिप्रति प्रशन्नता व्यक्त गरेका छन् । डिष्ट्रिक्टमा दुई सय २ सय २८  लायन्स क्लब आवद्ध छ भने सदस्य संख्या पाँच हजारको हाराहारीमा रहेका छन् ।

सेवा र सदस्यताका हिसाबले संसारकै उत्कृष्ट डिष्ट्रिक्टमा पर्न सफल रहेको क्याबिनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…