34Shares

पोखरा । लेखनाथस्थित ५ वटा क्लबहरूको पदस्थापन पश्चात डिष्ट्रिक्ट ३२५ आई नेपालको पोखरा क्षेत्रको पदस्थापन सकिएको विहिवार क्लस्टर रिजन १० जोन २० अन्तर्गतका क्लब लायन्स क्लब अफ लेखनाथ सिमसार, लेखनाथ सेभेन लेक सिटी, लेखनाथ मेट्रोसिटी, लेखनाथ टाउन र लेखनाथ शुभारम्भको क्लब पदाधिकारीको पदस्थापन पश्चात पोखरा क्षेत्रको पदस्थापन सम्पन्न भएको क्लस्टर ५ का क्लस्टर चिफ नगेन्द्रराज बरालले जानकारी दिए 

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले वटै क्लबका अध्यक्ष, पदाधिकारीलाई पदस्थापित गराएका थिए भने प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले क्लबका नयाँ सदस्यलाई लायनवादको बिधि बिधान बारे जानकारी गराउदै पद तथा गोपनियताको सपथ गराएकी थिईन्  समारोहमा निवर्तमान अध्यक्षहरुबाट क्लबले सम्पादन गरेका कार्य पदस्थापित अध्यक्षले भावी कार्यक्रम प्रस्तुत गरेका थिए

लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीका निवर्तमान अध्यक्ष सुरेश श्रेष्ठ लेखनाथ सिमसारका वर्तमान अध्यक्ष इन्दिरा ढुङगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्साल, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले डिष्ट्रिक्टले हिजो देख़िको लिगेसी क़ायम राख्दै ऐतिहासिक उपलब्धि हासिल गर्दै आएको , अन्तसम्म पनि यहि सक्रियता योगदान रहिरहने अपेक्षा व्यक्त गरेका थिए

लेखनाथ सिमसारका निवर्तमान सचिव शुष्मा कोईराला मेट्रो सिटीका वर्तमान सचिव भुवन बरालको संचालनमा रहेको कार्यक्रममा सेवेन लेक सिटीका मानार्थ संस्थापक अध्यक्ष शिव भण्डारीले स्वागत जोन २० का जोन चेयरपर्सन उत्तम भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए

34Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected