२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरदेशस्थानिय समाचार

पृथ्वीराजमार्गको डाँडाकोनाक देखी बिजयपुरसम्मको एकतर्फी सडक एकमहिना भित्र कालोपत्रे हुने

पोखरा भ्यूज
लेखनाथ, कास्की । पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं. २६ डाँडाको नाक देखी बिजयपुरसम्मको सडक कालोपत्रे गर्ने गरी निर्माण कम्पनीले कामलाई तिव्रता दिएको छ ।
डाँडाकोनाक प्रहरीचौकी देखी विजयपुर व्यारेकतर्फको साइड एकमहिनामा कालोपत्रे गर्नेगरी कामलाई तिव्रता दिएको हो ।
डाँडाको नाक देखी बिजयपुरसम्म तीन किलोमिटर सडक मध्ये ६ लेण्ड तर्फको २ दशमलव ५ किलोमिटर सडकको एकतर्फी कालोपत्रे एक महिना भित्र सक्ने गरी काम भैरहेको ठेक्का संझौता गरेको चिनिया कम्पनी आनहुई खाईयुआन हाईवेय एण्ड ब्रिज कम्पनी लिमिटेडले जनाएको छ ।
आयोजनाको उक्त खण्डमा निर्माणका क्रममा देखिने समस्या समाधानका लागि वडा नं. २६ को कार्यालयमा आयोजना निर्माण कम्पनीका प्रतिनिधि र जनप्रतिनिधिका विच शनिवार छलफल भएको थियो ।
छलफलमा वडा अध्यक्ष नरेन्द्र थापाले वडा नं. २६ भित्र आयोजनालाई आईपर्ने जुनसुकै समस्या पनि तत्काल समाधान गरि निर्माण कार्यलाई सहजीकरण गरिने बताए ।
अन्तराष्ट्रिय निर्माण कम्पनीले काम गरेकाले सोही अनुसारको गुणस्तर कायम हुने विश्वास व्यक्त गर्दै अध्यक्ष थापाले सडक विस्तारलाई अवरोध गरेका विद्युत र टेलिफोनका पोलहरु तीन दिन भित्र हटाउने निर्णय समेत भएको उल्लेख गरे ।
अध्यक्ष थापाले सडकमा रहेका खाल्डा पुर्ने, बाटो र नाला निर्माण गर्दा अवरुद्ध भएका सहायक मार्गमा यातायात संचालन गर्ने र सडक निर्माण गर्दा धुलो उड्ने समस्यालाई समाधान गर्न निर्माण कम्पनीले प्रतिवद्धता जनाएको बताए ।
छलफलमा तालचोक देखी पोखराको सेतीसम्मको सडक खण्डका आयोजना म्यानेजर छ्वाङ जोन ताओ, साईट इन्चार्ज छन् जि लाङ र इन्जिनिर अनुप श्रेष्ठले स्थायीनको समस्या समाधान गरी आयोजनाको उक्त खण्ड निर्धारित समयमा सक्ने प्रतिवद्धता जनाएका थिए ।
नेपाल विद्युत प्राधिकरणका इन्जिनियर विकास चौधरी र टेलिकम तालचोकमा प्रमुख सुवास पौडेलले पोलका कारण सडक निर्माणमा ढिलाई नहुने स्पष्ट पारे ।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानाले आयोजना निर्माणबाट खानेपानी आपूर्तिमा प्रभाव नपर्नेगरी कार्य गर्न आग्रह गरेका थिए ।
छलफल कार्यक्रममा वडा नं. २६ का जनप्रतिनिधिहरु लक्ष्मीदेवी भट्टराई, तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, वडा सचिव लिलामणि भण्डारी, सूचना अधिकारी नवराज सापकोटा, वडाका इञ्जिनियर बिकास सुवेदी, सव इञ्जिनियर संकल्प ढुंगाना र अमिन दिवाकर सुवेदीको सहभागिता रहेको थियो ।
आयोजनाको निर्माणका क्रममा विद्युत तथा टोलिफोनको समस्या र जनगुनासो सम्वोधनका लागि वडा सदस्य सुदिपराज ढुंगाना, त्यसैगरी खाल्डो पुर्र्ने र धुलो व्यवस्थापनका लागि तिर्थबहादुर राजभाट र खानेपानीको समस्याका लागि लक्ष्मीदेवी भट्टराईलाई फोकल पर्सन तोकिएको छ । आयोजनाबाट खाल्डा पुर्ने र धुलो व्यवस्थापनका लागि इञ्जिनियर अनुप श्रेष्ठ, विद्युतको समस्याका लागि इञ्जिनियर बिकास चौधरी, खानेपानीका लागि लेखनाथ खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानालाई समन्वयनको जिम्मेवारी समेत बैठकले तोकेको छ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…